८ बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा ७.२२ प्रतिशत नाफा « Arthapath.com
१९ माघ २०७६, आईतवार

८ बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा ७.२२ प्रतिशत नाफा



काठमाडौं । हालसम्म ८ वटा बाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । ८ वटा बैंकको ७.२२ प्रतिशतले नाफा बढेको छ । यो गत आवको भन्दा बढि रहेको छ । गत आवको दोस्रो त्रैमासमा ८ अर्ब ९४ करोड १२ लाख ९२ हजार ७ सय २९ रुपैयाँ नाफा आर्जन गरेका थिए भने चालु आवको दोस्रो त्रैमासमा बैंकहरूको नाफा ७.२२ प्रतिशतले बढेर ९ अर्ब ५८ करोड ७५ लाख ८४ हजार ५ सय ३७ रुपैयाँ नाफा आर्जन गरेका हुन् । गतवर्ष सञ्चालनमा रहेका २८ वटा बाणिज्य बैंकमध्ये जनता बैंक ग्लोबल आईएमईमा मर्ज भएर हाल २७ वटा बैंक सञ्चालनमा रहेका छन् । २७ मध्ये ८ वटाले मात्रै आफ्नो दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेका हुन् ।

३ वटा बैंकको नाफामा गिरावट आएको छ । सबैभन्दा बढी नेपाल बैंकको नाफामा १८.६० प्रतिशतको गिरावट देखिएको छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब ६६ करोड १४ लाख ९८ हजार २ सय २ रुपैयाँ नाफा आर्जन गरेको बैंकको चालु आर्थिक वर्षको सोही अवधिमा पुग्दा १ अर्ब ३५ करोड २३ लाख ९६ हजार ८सय ६३ रुपैयाँ मात्रै नाफा भएको छ । यस्तै, सिटिजन्स बैंकको पनि नाफामा १०.७२ प्रतिशतको गिरावट देखिएको छ । गत आवको दोस्रो त्रैमासमा ७७ करोड ३ लाख ४५ हजार ९ सय २१ रुपैयाँ नाफा आर्जन गरेको बैंकको चालु आवको सोही अवधिमा आइपुग्दा १०.७२ प्रतिशतले घटेर ६८ करोड ७७ लाख १ हजार ४९ रुपैयाँमात्रै आर्जन गरेको छ । यस्तै, सिद्धार्थ बैंकको पनि नाफा ४.०१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६ करोड ९४ लाख ४३ हजार ६ सय १३ रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा आईपुग्दा १ अर्ब २ करोड ६५ लाख ४९ हजार ४ सय ७८ रुपैयाँमात्रै नाफा आर्जन गरुेको छ ।

यो अवधिमा अर्बभन्दा बढी नाफा कमाउने ५ वटा बैंक रहेका छन् । सबैभन्दा बढी एनआईसी एसिया बैंकको नाफा ३३.३९ प्रतिशतले बढेर २ अर्ब १ करोड ६२ लाख २५ हजार ६ सय २१ रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ५१ करोड १४ लाख ५८ हजार ६ सय ८६ रुपैयाँ रहेको थियो र ८ वटा बैंकमा सबैभन्दा एनआईसी बैंकले नै कमाएको छ । अर्बपति क्लबमा प्रवेश गर्ने बैंकमा सिदार्थ, सानिमा, एनआईसी बैंक, एभरेष्ट बैंक र नेपाल बैंक रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्