३ महिनाभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने « Arthapath.com
१९ माघ २०७६, आईतवार

३ महिनाभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने




काठमाडौं । सार्वजनिक पदधारण गरेका व्यक्तिहरुले ३ महिनाभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विद्येयकमा समावेश गरिने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले विधेयकमा तेस्रो पटक संशोधन गद कानूनी प्रावधान यस्तो व्यवस्था गरेको हो । आज बसेको राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७६’ लाई विचार गरियोस भनि भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् ।
सार्वजनिक पदधारण गरेका व्यक्तिले ३ महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने तर सम्पत्ति सार्वजनिक गर्ने वा नगर्ने भन्ने चाहिँ अहिले बहसमै रहेको मन्त्री ढकालले जनाएका छन् । सरकारले विद्येयकलाई संविधान अनुरुप नै बनाउने र आयोगका कर्मचारीलाई दण्ड र पुरस्कारको व्यवस्था मिलाईने समेत उनले बताए ।


प्रतिक्रिया दिनुहोस्