प्रभु बैंकद्धारा प्रवाशी नेपालीलाई वित्तीय साक्षरतासम्वन्धी २ दिने तालिम सम्पन्न « Arthapath.com
२० माघ २०७६, सोमबार

प्रभु बैंकद्धारा प्रवाशी नेपालीलाई वित्तीय साक्षरतासम्वन्धी २ दिने तालिम सम्पन्न



काठमाडौं । प्रभु बैंक लि., ग्प् ब्ष्म(म्ँक्ष्म् अन्तर्गत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, एक्सेस एडभोजरी (ब्अअभक ब्मखष्कयचथ) र प्रभु मनि ट्रान्सफरको संयुक्त आयोजनामा भारतका मुम्बईमा विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका प्रवाशी नेपालीहरुलाई लाक्षित गरि २ दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । प्रवाशी नेपालीहरुलाई माघ १८ र १९ गते गरि २ दिनसम्म प्रशिक्षण गराईएको हो । कार्यक्रममा मुम्बईएमा मात्रै रहेका करिव २ सय जनाको सहभागीता रहेको आयोजकले जनाएको छ । २ दिने वित्तती साक्षरतासम्वन्धी कार्यक्रममा आफले आर्जन गरिरहेको पैसालाई औपचारिक एवं बैंकिङ्ग प्रणाली मार्पmत नेपालमा कसरी पठाउने लगायतका वारेमा जानरी गराईएको थियो । कार्यक्रममा प्रशिक्षण वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा विज्ञ व्यक्तिहरुवाट गराईएको थियो ।

उक्त कार्यक्रममा सहभागीहरुले नेपालको बैंकिङ्ग प्रणाली, आफुले आर्जन गरेको रकम नेपालमा पठाउने भरपर्दो एवं सरल माध्यम लगायत वित्तीय जानकारी सम्बन्धी जिज्ञाशा राखेका थिए । प्रभु बैंकको आयोजनामा गरिएको प्रशिक्षण कार्यक्रमले उनीहरुले आर्जन गरेको रकम बैंकिङ्ग प्रणाली मार्फत नेपाल पठाउदा विगतमा भन्दा सहज महशुस गरेका छन् भने यसबाट नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्