काठमाडौं–पोखराको हवाई भाडा घट्यो « Arthapath.com
२१ माघ २०७६, मंगलवार

काठमाडौं–पोखराको हवाई भाडा घट्यो



काठमाडौं । काठमाडौं–पोखरा रुटमा श्री एयरलाइन्सले उडान शुरु गर्ने भएपछि अन्य कम्पनीको भाडादर घटेको छ । श्री एयरलाइन्सका अनुसार श्री एयरलाइन्सले माघ २४ गतेदेखि काठमाडौं–पोखरा–काठमाडौं उडान शुरु गर्ने भएको छ । शुरुवाती दिनमा प्रवद्र्धनात्मक शुल्क अन्तर्गत सस्तो टिकट बिक्री गरेको श्री एरलायन्सले जनाएको छ ।


श्री एयरलाइन्सले उडान अनुमति पाएसँगै ३ हजारबाट २ हजार रुपैयाँसम्म सस्तो भएको हो । भाडादर कम गन गर्नमा बुध्द एयर र यति एयरलाइन्स रहेका छन् । तर नागरिक उड्डयन प्राधिकरणले काठमाडौं–पोखरा उडानका लागि न्यूनतम शुल्क ३ हजार रुपैयाँ तोकेको छ ।


प्रतिक्रिया दिनुहोस्