प्रतिनिधि सभामा पेश भयो ४ विधेयक, बैंकका सिईओको उमेर ६५ वर्ष कायम « Arthapath.com
२१ माघ २०७६, मंगलवार

प्रतिनिधि सभामा पेश भयो ४ विधेयक, बैंकका सिईओको उमेर ६५ वर्ष कायम



काठमाडौं । धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेक विधेयक, नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक, बैंङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गरि चारवटा विधेयक अर्थमन्त्री डा.युवराज खतिवडाले प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेका छन् ।
दर्ता भएका विधेयकमा कसैले पनि दाबी बिरोध नगरेपछि अर्थमन्त्री खतिवडाले विषयगत समितिमा छलफलमा लैजानको लागि विधेयक फुल हाउसमा पेश गरेका छन् ।
राष्ट्र बैंक विधेयकले प्रादेशिक रुपमा कार्यालय स्थापना गर्ने तथा बाफिया विधेयकले नागरिकको निक्षेप, संचालक व्यवसायिकबीच संचालक र प्रमुख कार्यकारी अधिकृत उमेर हद लगाएको तथा लघुवित्त संस्थाको सेयर स्वामित्वमा नयाँ व्यवस्था गरेको जानकारी दिए । धितोपत्र विधेयकलाई पनि समय अनुसार परिवर्तन गर्न लागिएको उनले बताए ।
बैंक तथा वित्तीय संस्था विधेयकमा व्यवसायिकलाई बैंकको संचालक बन्न रोक लगाउने प्रावधान राखिएको छ । यस्तै बैंकको संचालक तथा प्रमुख कार्यकारी अधिकृतलाई ६५ वर्षको उमेरहद लगाइएको छ ।
यस्तै अर्थमन्त्री खतिवडाले मंगलवार ऋणपत्र निष्कासन विधेयकले ऋणपत्रको दोस्रो बजारमा कारोबार सुनिश्चिता हुने बताए ।
प्रतिनिधिसभामा पेश भएपछि अब यो विधेयक अर्थसमितिमा जाने छन् । अर्थसमितिमा संसोधनको सूचना जारी गरेसँगै विधेयकमा दफावार छलफल हुने छ । त्यसपछि विधेयक प्रतिनिधिसभा हुँदै राष्ट्रियसभाले पारित गरेपछि राष्ट्रपतिले प्रमाणिकरण गरेर मात्र कार्यान्वयनमा आउने छ ।


प्रतिक्रिया दिनुहोस्