मान्छेलाई मृत्युको भय देखाएर जिवन विमा गर्नु हुँदैन « Arthapath.com
२६ माघ २०७६, आईतवार

मान्छेलाई मृत्युको भय देखाएर जिवन विमा गर्नु हुँदैन



मनोजकुमार भट्टराई, सिईओ, प्राइम लाईफ इन्स्योरेन्स लि.
जिवन बिमाका एक्सपट मानिएका मनोज भट्टराई हाल प्राइम लाईफ इन्स्योरेन्सका सिईओ रहेका छन । बैंक र जिवन बिमा क्षेत्र दुबैमा दक्षता राख्ने भट्टराई प्राइम लाईफ आउनु अघि तत्कालिन ग्राण्ड बैंकको महाप्रवन्धक रहेका थिए । प्राइम लाईफमा ५ वर्ष अघि सिईओ बनेका भट्टराईले बिमा समितिले कारवार्ही गरेको कम्पनीलाई माथी उठाएर स्वस्थ्य बनाएको बताउँछन । नेपालको नं. १ बिमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्समा समेत काम गरेका भट्टराईसँग सेयर बजारले गरेको कुराकानीको सारसंक्षेप :–

बैदेशिक रोजगार बिमामा सिण्डीकेट भयो भनेर पुल भत्काइने तयारी भैरेहेको रहेछ नि ?
कतावाट सिन्डीकेशन भयो, कताबाट बदमासी भयो, कताबाट बैदेशिक रोजगारीमा जानेलाई बदमासी भयो । हो, ४ वटा विमा कम्पनी मिलेर तैले चाहि १२ हजार नतिरेर जान पाउदैन भनेर हामीले रेट तोकेको को र । यती प्रिमियम बुझाउनुपर्छ भनेर तोक्ने सरकार अनि कसरी सिण्डीकेट हुन्छ ?

बैदेशिक रोजगार प्रबद्र्धन विभाग नै लागि रहेको छ त ?
मैले भने त को–को लागेका छन् मलाई थाहा छैन् । तर पुल भत्किनु हुन्न ।

डिजिटल ट्रान्जेक्शनमा जान किन कठिनाई ?
डिजिटल ट्रान्जेक्शनमा कठिनाई छदै छैन् । कसले कठिनाई भनिरहेको छ । कुरा बुझिएको छैन ।

त्यसैमा कुरा उठाईरहेका छन् नि ?
डिजिटल ट्रान्जेक्शन भनेको कोहि पनि व्यक्ति बैदेशिक रोजगारमा जान चाहन्छ र उसको विमा गर्नुपर्छ । विमा गर्नको लागि डकुमेन्ट चाहिन्छ । कुन देशमा जान लागेको हो उसको पुर्व श्रम स्वीकृती चाहियो, पासपोर्ट चाहियो, त्यो देशमा त्यति जना म्यानपावर जानुपर्ने हो भनेर आधिकारिक पत्र आउनु प¥यो । त्यो मान्छेको विमा गर्नको लागि स्वास्थ्य परिक्षण गर्नुप¥यो । त्यहि डकुमेन्टको आधारमा उसको विमा पोलिसि बन्ने हो । अनि डिजिटलमा जाने भनेर कसरी जाने भन्या ? यो डकुमेन्ट बिनानै कसरी डिजिटमा जाने भन्या ? हो डिजिटल पेमेन्ट भनेको के हो भने फेयर अन अफ । अहिले खल्ती, ई सेवा, मेरो पैसा र आईएमई पे लगायत जे जति रहेका छन् ति सबैबाट गेट वेबाट पैसा तिर्ने व्यवस्था हामी गर्छौँ । तर विमा गर्नको लागि चाहिने न्युनतम कागजात त चाहियो नि । अनि त्यसको आधारमा पोलिसी बन्ने होनी त । बैदेशिक रोजगारमा जानेहरुबाट तपाईहरुले कागज माग्नै पाउदैनौ भनेर भन्नु प¥यो कि त । अनलाईनमा फोटो, पासपोर्ट नम्वर, नाम लगायतका कुराहरु मिलाएर हाल्छ की हाल्दैन् त्यो हेर्नु पर्यो नि । यदि उसले यो सबै कुरा मिलाउन सकेन भने भोली दावी के भनेर दिने ? भोली कुनै समस्या आयो भने भेरिफाई कसरी गर्ने ? हामी डिजिटल पेमेन्टमा जान्न भनेका होईनौँ । एनि टाईम डिजिटल पेमेन्ट ओके छ, हाम्रो तर्फबाट । तर त्यो मान्छेको पनि त डिजिटल एक्सेस हुनुपर्यो ।

पोलिसी त फिजीकल नै चाहियो नी ?
डिजिटल एक्सेस उसको हुनु परेन र भन्या ? उसले पैसा पठाउने माध्यम उसंग हुनु परेन ? हामीले दिदैनौ त भनेका छैनौ । पैसा त जसरी पठाएपनि लिने हो नि ।

यसको मतलव पुल भत्किदैन ?
भत्किनुहुन्न । अव भत्किदैन भनेर मैले कसरी ग्यारेन्टि लिने ।

दुई बर्षदेखी प्राईम लाईफ ईन्स्योरेन्सको साधारण सभा बाँकी छ, किन ढिला भएको हो ?
छैन २ बर्षदेखी । प्राईम लाईफको एक बर्षको बाँकी हो । साधारण सभा २०७४÷०७५ को मात्रै बाँकी छ । ०७५/०७६ को त कसैको पनि भएको छैन त्यसैले मेरो पनि भएको छैन । जीवन विमा कोषको विमाङ्कन भ्याल्युसन मुल्याङ्कन प्रतिवेदन समितिबाट स्विकृति भएर आउने अन्तिम चरण छ । सम्भवतः यहि हप्तामा आउँछ । त्यसपछि हामी साधारण सभाको कार्यक्रम गर्छौँ ।

ईन्स्योरेन्समा तपाईले गर्नुभएको काम र यता ५ बर्ष सिईयो सम्हालेकोमा त्यति देखिएन ?
त्यो त हेर्ने नजरिया हो । मैले भयङ्कर काम भएको देखेको छुँ । मैले मात्र होईन बजारले पनि देखेको छ । इन्स्योरेन्स उद्योग आफैले पनि देखेको छ । कम्पनी भित्रको मात्र कुरा नगरौं । कम्पनी बाहिरको लागि विमाको सचेतनाको लागि, आम जनतालाई विमा के हो भन्नको लागि र जीवन विमाको सहि किसिमले कसरी जानकारी गराउन सकिन्छ भन्नको लागि मनोज भट्टराईले बाहेक अरु कसैले गरेको छैन । जीवन विमा भनेको मृत्यु भएपछि मात्रै पैसा पाउछ भन्ने हुँदै होईन । त्यसरी विमा गर्ने पनि होईन, मान्छेलाई मृत्युको भय देखाएर जिवन विमा गर्नु हुँदैन । जीवन विमा भनेको जीवनको निरन्तरता हो । विमितको निरन्तरता हो या उसमा आश्रीत परिवारको निरन्तरता हो । त्यसमा आश्रीत व्यक्तिको शिक्षा, स्वास्थ्य लगायत आर्थिक सुरक्षा विमाले दिने हो । विमित आफै रहेको अवस्थामा पछाडीको भविष्यमा आर्थिक रुपमा सक्षम बनाउने हो भनेर मनोज भट्टराईले बोलेको छ । आज त्यहि बोली सबैले टिपेर हिँडेका छन् । अनि कसरी केहि पनि भएन भन्ने ।

गफ मात्रै गरेर हुन्छ र ?
कसरी गफ भयो, काम भएको छ, गरेको छ ।

भित्र के भईरहेको छ ?
भित्र पनि भईरहेको छ । जीवन विमाको बजारमा आजको दिनमा हामीले सहि किसिमको विमाको जानकारी दिएका छौँ, सहि किसिमको योजनाहरु ल्याएका छौँ, सहि किसिमका कुराहरु राखेका छौँ ।

भनेपछि अरुले झुक्याएर विमा गरेका छन ?
अरु कम्पनीले कसरी बिमा गराएका छन म बोल्दिन । जस्तो कसैलाई असाध्यै रोग लाग्यो । मुटुको ४ वटा भल्भ फेर्नु प¥यो भने गंगालामा गएर उसले ४ वटा भल्भ फे¥यो भने ८ लाखमा उसको भल्भ फेरिन्छ । अथवा उसलाई ब्लड क्यान्सर भयो भने बढिमा १८ लाखमा जस्तो प्रकारको ब्लड क्यान्सरको उपचार हुन्छ । कसैलाई लिभर फेर्नु पर्यो भने १० लाखमा फेरिन्छ । किड्नी ट्रान्सप्लान्ट गर्ने हो भने १५ लाखमा हुन्छ । भनाइको मतलव कुनै पनि असाध्यै ठुलो रोग लागेमा यदि निको हुने अवस्थाको छ भने त केही लागेन । तर त्यसलाई औषधी उपचार गर्न सकिने छ भने २५ लाख रुपैयाले जस्तो पनि रोगको उपचार हुन्छ । हामीले २५ लाख रुपैयाको सुविधा ल्याएका छौँ । यदि कसैले त्यो भन्दा बढि दिन्छु भनेर भन्छ भने अनाबश्यक रुपमा किन दिनु पर्यो ।
जिवन बिमा भनेको जीवनको निरन्तरताको लागि हो । पुर्ण अथवा आंशिक रुपमा अशक्त भयो भने पर्शनल बेनिफिट राईडर लिएर राखेका छौँ । कसैको कान्छि औँलाको २ तिहाई भाग काटियो भने पनि उसले विमा गरेको ७ प्रतिशत रकम पाउँछ । जस्तै ५० लाखको विमा गरेको छ भने उसको कान्छि औँला काटिएको छ भने उसले साढे ३ लाख पाउँछ । त्यो प्राईम लाईफले ल्याईदिएको छ । अव राम्रो चिज ल्याएको छ । हेर्दै नहेरिकन नराम्रो भन्नु भएन । हामीले जीवन उपहार प्रोडक्ट भन्ने ल्याएका छौँ । विमा भनेको जोखिम बहन हो, आर्थिक सुरक्षा हो भनेर हामी वारम्वार भनिरहेका छौँ । कोहि मान्छेले प्राईम लाईफको जीवन उपहार विमा योजना लिईरहँदा १ बर्षपछि उपहारका रुपमा त्यति नै रकम वरावरको रकम विमाङ्कनको अर्काे विमा उपहार दिदँ छौँ । दुईटै पोलिसीले वोनस पनि आर्जन गर्छन । भनेपछि त्यो भन्दा राम्रो विमितलाई सुविधा कता छ ? हामीले विमितलाई सुविधा दिने कुरा गरेका हाँै । विमितको आर्थिक सुरक्षाको कुरा गरेका छौँ । र साच्चिकै जीवन विमा को परिभाषा अनुसार काम गरेका हौँ भने यो भन्दा राम्रो चिज विमितलाई अरु कहाँ आउँछ ?

यो त प्रोडक्टको कुरा भयो ?
मैले विमा बजारमा पहिलो प्राथमिकतामा नै राख्ने हो । हामीले सबै केन्द्र विन्दुमा राख्ने भनेको विमित नै हो । विमित भएर न हामी छौँ । विमितको हित सोचेर काम गर्ने हो भने प्राईम लाईफले जति अरु कसले गरेको छ र ? त्यसकारण हामी कतै पनि चुकेका छैनौँ ।

विमितको हितमा कार्य गरे पनि वित्तीय विवरण राम्रो गरेको छैन ?
म बताउदै छु । वित्तीय विवरण भनेको सेकेण्डरी कुरा हो । त्यो गरेको कामको कस्तो छ त हिसाव किताव भनेर देखाउने कुरा हो । त्रैसमासिक रुपमा वित्तीय विवरण निकाल्ने कुरामा निस्किरहेको छ । भोली निस्किन्छ, त्रैमास विवरण । सायद त्यो धेरै कम्पनीको निस्केको छैन होला । एक दुई कम्पनिको निस्केको छ भने मेरो भन्ने केहि छैन । कम्पनिको आर्थिक अवस्था कस्तो छ, पुँजी कस्तो बनाउनु पर्छ भन्ने कुरा दोस्रो सेयर धनीका लागि हो । जुन वेला मनोज भट्टराई प्रमुख कार्यकारी अधिकृतको रुपमा आयो त्यतिवेला ४८ करोड ८१ लाखको पुँजी थियो । आज २ अर्व ७९ लाख भईसक्यो । अनि त्यो चाहि केहि नगरेर हुन्छ ? त्यो पनि वोनस सेयर दिएर र राईट ईस्यु गराएर हो । अनि २५, साढे १२ प्रतिशत र फेरि ३ किस्ता दिईरहेको छ । साधारण सभामा सेयर धनिले जे जस्तो आउछ त्यहिबाट प्रतिफल आउछ । प्रचार प्रसारको कुरा गर्ने हो भने आजको दिनमा प्राईमले लाईफले ईन्स्योरेन्स ईण्डष्ट्रिको कुरा गर्ने हो भने सबै भन्दा पहिले बस ब्राण्डिङको काम हामीले शुरु गरेका हौँ । पत्रपत्रिका हामी छौँ, अनलाईनमा पनि छौँ । यो सबै गर्ने भनेको विविधको पैसाले हो । विमितलाई केन्द्र विन्दुमा राखेर काम गर्न सक्ने हदसम्म मितव्ययी ढंग र प्रभावकारी किसिमले गर्नुपर्ने काम सबै प्राईम लाईफको भएको छ । अरु कसैको भएको छैन ।

पुरानो कम्पनी भएर पनि दौडमा पछि परेको छ समस्या के हो खासमा ?
केहि पनि समस्या छैन । दौडमा पछि पनि परेको छैन । अव त्यो हेर्ने नजरिया हो । दौडलाई कस्तो नजरले हेरिरहेका छौँ ? हामी १००, ५०० र ५००० मिटरको दौड हेरिरहेका छौँ । दर्शकले हेरेको रेस के हो ? त्यो रेस अनुसारले हुन्छ । प्राईम लाईफ म्याराथुनको दौडमा छ, त्यसकारण हेर्ने दर्शकको नजरियाको कुरा हो । जीवन विमा कम्पनी भनेको यो साल विजनेश गर्ने, भए भरको नाफा कमाउने र अर्काे साल भए होस नभए नहोस भन्ने किसिमको व्यवसाय होईन । यो भनेको दशकौ अर्थात शताब्दी चल्ने व्यवसाय हो । यो भनेको म्याराथुन रेस हो । म्यारथसन रेसमा स्टडि गरेर आफुलाई शक्ति सञ्चय गरेर शारिरिक रुपले तन्दुरुस्त राखेर दौड जित्नु पर्छ । जुन किसिमको दौड प्राईम लाईफ ईन्स्योरेन्सले दौड्नुपर्ने हो त्यो प्राईम लाईफले गरिरहेको छ । अब्बल, स्वस्थ भएर, शक्ति सञ्चय गरेर राम्रोसित दौडिरहेको छ । यसमा चिन्ता मान्नुपर्ने छैन ।

यसको मतलव एग्रिसिभली जादैन, प्राईम लाईफ ?
एग्रिसिपली जानुपर्ने ठाउमा जान्छ । नजानुपर्ने ठाउमा जादैन । स्लो हुने ठाउमा हुन्छौ, फाष्ट हुने ठाउमा हुन्छौ । शक्ति सञ्चय गर्ने ठाउमा सञ्चय गर्ने र नगर्ने ठाउमा गर्दैनौ ।

कुनै वेला यस कम्पनीको सेयर २ हजार पुगेको थियो, अहिले ४ सयमा आयो, प्रतिफल खासै छैन, लगानीकर्ताले करोडौं गुमाए नि ?
केहि पनि गुमाएको छैन । जसले यो कम्पनिको २ हजारमा सेयर किनेका थिए उहाँहरुले यो कम्पनिबाट पाएको प्रतिफल, बोनस, सेयर र राईट ईस्युको हिसावले गर्ने हो भने कोहीले गुमाएका छैनन । आज पनि सेयर ४÷५ सयमा छ । प्राईम लाईफको सेयरमा एक रुपैया पनि नोक्सानि भएको छैन । कसैले अकलपनिय रकम हालेका छन्, भने मेरो भन्नु केहि छैन । हैन भने २ हजारसम्म हाल्ने कसैलाई पनि नोक्सान भएको छैन किनभने कम्पनीबाट पाएको रकमको प्रतिफल पनि त जोड्नु प¥यो नि । जहाँसम्म सेयर होल्डरले केहि पाएको छैन भन्ने कुरामा आजको दिनमा नेपालका वित्तीय संस्था र ईन्स्योरेन्स कम्पनीको सबैको हेर्ने हो भने बजारको ईण्डेक्समा ५ सय ८० रुपैयाको सेयर भनेको १०० रुपैयाका दरले ५८० भईहाल्यो । भनेपछि गुमाएको अवस्था हो कि कमाएको अवस्था हो त्यो आफै बुझ्नुपर्ने हो । अर्काे कुरा ४८ करोड ८१ लाखको चुक्ता पुँजी भएको कम्पनि आज २ अर्व ७९ लाखको भईसक्दा पनि यो कम्पनिले दिएको मुनाफा उच्चतम विन्दुमा छ । अव चहाना त सबैको हुन्छ आफ्नो लगानिमा बढि नाफा आओस । तर त्यो चाहनालाई समय सापेक्ष रुपमा बजार सुहाउदो तुलना गर्ने हो भने कहि पनि नोक्सानि भएको छैन । प्राईम लाईफका सेयर धनि अति राम्रो अवस्थामा छन् ।

तपाई आएपछि कति पाए त लगानि कर्ताले ?
३/४ बर्षको हेर्दा २५ प्रतिशत पाए । त्यसपछि १.६ मा लाईट ईस्यु पायो, त्यसपछि साढे १२ प्रतिशत पाए, त्यसपछि अस्तिको विशेष साधारण सभामा साढे १२ प्रतिशत पाए । अहिले करिव करिव ६५ करोड भन्दा बढि रकम सेयर धनि कोषमा छ । त्यो रकम आज या जहिले बाडे पनि सेयरधनीको आफ्नै पैसा हो । कम्पनिले कमाएर राखेको पैसा हो । लगानिकर्ताले जति जति लिन्छु भनेर उहाँहरुले लिने हो । तर मेरो भनाई के हो भने एकैचोटि सबै लिएर पछिल्ला बर्षहरुमा केहि नलिनु राम्रो हुँदैन । नियमित रुपले लिने वातावरण हुनुपर्छ । म यो कम्पनिमा ५ बर्ष सिईयो भएर बसिरहँदा हरेक बर्ष कम्तिमा १० प्रतिशत नघट्ने गरि २ अर्वको पुँजी भईसकेपछि न्यूनतमको १० प्रतिशत नघट्ने गरि ५ बर्षसम्म लाभांश दिने मेरो बचन बद्धता हो । मैले जिम्मेवारि लिएको भन्दा बढिको लगानी पाउछन सेयर धनीले ।
पहिलेको भन्दा मुनाफा कसरि बढेको छ मैले प्रकाशित गरेको प्रतिवेदनमा हेर्न सक्नुहन्छ । त्यसपछि के कस्तो हुन्छ सामय सापेक्ष अनुसार चल्ने हो । त्यो अहिले नै भन्न सक्दिन । कम्पनिले दिने प्रपितफ यसका सेयरधनिलाई राम्रो प्रतिफल दिन सक्छौ । कहि पनि कमीकमजोरि यसमा हुँदैन ।

प्राईम लाईफ चाहि एउटा ब्यापारि घरनाको होल्ड कम्पनि भएकाले हस्तक्षेपले काम हुन नसकेको हो ?
पटक्कै होईन । गौरव गरेर भन्छु, च्यालेन्ज दिएर भन्छु, नेपालमा सायदै अर्काे कुनै औधोगिक घरना होला जसले आफुले प्रबद्र्धन गरेको कम्पनीलाई पुर्ण स्वायत्तता दिने । यसका व्यवस्थापकलाई कम्पनी सञ्चालन गर्न दिएको छ । कुनैपनि प्रकारको एक थोपा पनि हस्तक्षेप भन्ने छैन । हाम्रो बोर्ड यति प्रोफेसनल छ कि सेयरधनिहरु प्रत्यक्ष रुपले त्यहाँ छदै छैनन् । उहाँहरु प्रतिनिधिको रुपमा, बैंकरहरु, एक्स्पर्टहरु, सेयर बजारका जानकारहरु, लिट्रेचरमा मास्टर गरेका ब्यक्तित्वहरु लगायतका ब्यक्तिहरुको सहि विचारले हाम्रो बोर्ड बनेको छ । युवाहरुको बोर्ड छ । एकदमै एनर्जेटिभ बोर्ड छ । र कुनैपनि हस्तक्षेप रहित चलेको छ । यो धेरै कम सिईयोहरुलाई यस्तो भन्ने अवसर हुन्छ होला जस्तो लाग्छ मलाई ।

खेतान ग्रुपको हस्तक्षेपले काम गर्न नसकेको हो कि तपाई आफैले गर्न नसकेको हो ?
गर्न सकेको पनि होईन, हस्तक्षेप पनि छैन । मैले भनि हाले, मैले गर्न सक्या छुँ । गरिरहेको छुँ । लगानिकर्ता, सञ्चालक समिति र म पुर्ण सन्तुष्टि छ । मैले अघि पनि भने हेर्ने नजरिया हो ।

यो कम्पनि नम्वर वान कहिले बन्छ ?
नम्बर वान के हेरेर भन्ने ? नम्बर वानका पनि त विविध कुराहरु छन् । डाटा, प्रीमियम, रजिष्ट्रार, नाफा, धेरै संरचना लगायत के कुरा भएर नम्वर वान भन्ने एउटा प्रश्न हो ? जहाँसम्म नम्बर वान भनेर विबिष्टताको कुरा गर्ने हो भने आज पनि म भन्छु, जुन हिसावले प्राईम लाईफ सञ्चालन भएको छ, यसका आर्थिक क्रियाकलाप, खर्च देखि लिएर मितव्ययिता, व्यवसायको स्तर, अन्डर एक्टिभ स्टाण्ड, क्लेम तिर्ने लगायत ईण्टर्नल सिष्टमदेखि लिएर हरेक कुरामा हामी बिशिष्ट भएर संस्था सञ्चालन गरिरहेका छौँ । यससंग सम्वन्धित नियमनकारी निकाय आएर हेर्दा हुन्छ, हरेक क्षेत्रमा बिशिष्ट ढंगले चलेका छौँ । अव के हुन्छ भने सहि काम गरेर हिड्दा अलिकति सुस्त जस्तो देखिन्छ होला भन्छु तैपनि सहि काम गर्नको लागि समय लाग्छ, धैर्यता चाहिन्छ, त्यहि किसिमको सोच पनि चाहिन्छ । त्यहि किसिमको क्षमता पनि चाहिन्छ । सबैले सहि काम गर्न पनि सक्दैनन् । जसले पनि प्राईम पछि प¥यो, हामीले जित्र्यौँ भनेर हिड्छन भने उहाँहरु जितेर हिडिराखुन । मलाई केहि भन्नु छैन । मलाई पुर्ण विश्वास छ, जे गरेको छु ठिक गरेको छु, सहि र गर्न जति गरेको छुँ ।

यो सुस्तता कहिलेसम्म रहने ?
यसलाई म सुस्तता मान्दीन । यो सधै रहिरहन्छ । मेरो कार्यकालमा ग्यारेण्टि गरेर भन्छु, यस्तै रहिरन्छ । मेरो कार्यकाल पछि आउने कार्यकारीले कस्तो तरिकाले कम्पनी अगाडि बढाउनु हुन्छ त्यो उहाँको कुरा हो । होइन भने प्राईम लाईफ कम्पनी यसै गरि चल्नु पर्ने हो । यसले आफ्नो विशेषता कायम गर्छ ।

यो विमा समितिले तपाई आउनुभन्दा पहिला कम्पनिमा भएको अनियमितताको कारर्वाहि सकियो कि बाँकि छ ?
त्यो पुरानो कुरा सबै ईतिहास भईसक्यो । त्यो कुरा उठाउनु नै बेकार छ । किनभने त्यो धेरै पुरानो कुरा हो । त्यसमा केहि सानातिना कमिकमजोरि भएका थिए होलान । ति सबै कुरा सकिए । त्यसपछि ५ बर्षको साधारण सभा गरेका छौँ ।

अनि विमा कम्पनि धेरै भयो भन्ने छ नि ?
त्यो मैले भन्ने कुरा होईन । मैले भनेमा आफुले काम गर्न नसकेर भन्यो भन्लान । धेरै थोरै भन्ने कुरा लगानि गर्न लगानिकर्ताले बजारको अवस्था हेरेर गर्ने हो । अर्काे नियमनकारि निकायले यो ठिक होकि होईन भनेर भन्ने हो । अर्काे मुलुकको जम्मा अर्थतन्त्रमा आर्थिक रुपमा सक्षम भएको जनसंख्यालाई कतिवटा विमा कम्पनि चाहिन्छ भनेर निति निर्माण गर्नेले सोच्नुपर्ने हो । जहासम्म म एउटा कुरा भन्छु भारतमा १ अर्व ३० करोड जनसंख्या छ, भारतको आर्थिक बृद्धिदर राम्रो छ र पनि त्यहाँ जम्मा २४ वटा विमा कम्पनि, ६ वटा स्वास्थ्य विमा कम्पनि छन ।

मर्ज हुने कुरामा के छ ?
त्यो पनि म भन्न सक्दिन । म त्यो निकायमा भएको मान्छे होइन । म त्यो सोचमा पनि छैन ।

मर्ज गर्नुपर्ने जरुरी छ कि छैन ?
त्यो पनि म भन्दिन । मलाई थाहा छैन । त्यो सबै अर्काको कुरा हो भन्या । नीति नियम र नियमनकारिको कुरा हो । मैले भन्न सक्दिन । म मेरो कम्पनि के कसरि चलाउनु पर्छ भन्ने भन्न सक्छ । एउटा कुरा के भन्छु भने २ अर्व चुक्ता पुजि भनेको धेरै हो ।

विमा ऐन संसोधनमा के छ ?
जस्तो तपाईले सुन्नुभएको छ त्यहि मैले पनि सुनेको छुँ । ऐनको केहि बुदाहरुमा संसोधन गर्नुपर्ने थियो । ति बुदाहरुलाई संसोधन गर्न दिएको हो ।

ऐन पास भए बजार बढाउँछ ?
ऐनले बजार बढाउने होइन । अहिले भइरहेका कठिनाईलाई ऐनले सहज बनाउछ । सबै कम्पनिले गर्ने हो ।

नया कम्पनि आएपछि त कम्पिटिसन बढ्यो है ?
कम्पिटिसन भएको होईन । यहाँ कम्पिटिसन भन्ने कुरा छैन । विमितलाई केन्द्रविन्दुमा राखेर काम गर्ने हो । अहिले म के भन्छु भने कम्पिटिसन भएको छैन । सेयर बजारबाट


प्रतिक्रिया दिनुहोस्