प्रभु बैंक र प्याब्सनका विच बैंकिङ्ग कारोबार गर्ने सम्झौता « Arthapath.com
२९ माघ २०७६, बुधबार

प्रभु बैंक र प्याब्सनका विच बैंकिङ्ग कारोबार गर्ने सम्झौता



काठमाडौं । प्रभु बैंक र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन प्याब्सनका विच बैंकिङ्ग कारोबार प्रभु बैंक मार्पmत गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रभु बैंकको प्रधान कार्यालयमा भएको सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एन प्याब्सनका तर्फबाट अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका हुन ।

प्रभु बैंक र एन प्याब्सनसँगको सम्झौता बमोजिम एन प्याब्सनको आधिकारिक बैंक प्रभु बैंक हुने भएको छ । एन प्याब्सनले आप्mनो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्पmत् गर्ने छ । निजी क्षेत्रका विद्यालयहरुले पनि आफुलाई पायक पर्ने प्रभु बैंकको जुनसुकै शाखा कार्यालयमा खाता खोली विद्यार्थीहरुबाट संकलन शैक्षिक शुल्क बैंक मार्पmत् नै संकलन गर्ने लगायत सम्पूर्ण आर्थिक कारोबार गर्ने भएको छ ।

शिक्षक तथा अन्य कर्मचारीको तलबी खाता पनि प्रभु बैंकमै खोली सम्पूर्ण शिक्षक तथा कर्मचारहिरुले भुक्तानी लिन सक्ने छन् । निजी विद्यालयहरुमा कार्यरत शिक्षक विद्यार्थि, कर्मचारी तथा सम्बन्धित अभिभावकहरुलाई एकीकृत वित्तीय सेवा जस्तैः नेपाल धितो पत्र बोर्डमा सुचिकृत कम्पनीहरुको आईपिओ, एफपिओ, डिबेञ्चर लगायतको सूचना उपलब्ध हुनुका साथै शेयर कारोबार प्रयोजनका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्ने सुविधा समेत उपलब्ध हुने छ । एन प्याब्सनले आयोजना गर्ने संस्थागत वार्षिक कार्यक्रम लगायत जुनसुकै कार्यक्रमहरुमा आधिकारिक बैंकको रुपमा प्रभु बैंकको नाम उल्लेख गरिने सम्झौता भएको छ ।


प्रतिक्रिया दिनुहोस्