सुदूरपश्चिम प्रदेशमा छोरीको संख्या घट्यो « Arthapath.com
४ फाल्गुन २०७६, आईतवार

सुदूरपश्चिम प्रदेशमा छोरीको संख्या घट्यो



काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बालीका जन्मदरको संख्यामा कमी आएको तथ्याङ्कले देखाएको छ । स्वास्थ मन्त्रालयद्धारा सार्वजनिक गरिएको तथ्यांक अनुसार विभिन्न जिल्लाका स्वास्थ्य संस्थामा जन्मने छोराको संख्या भन्दा छोरीको संख्या दिनानुदिन घट्दै गएको पाइएको छ ।

आर्थिक बर्ष २०७१/०७२ मा कुल जन्मेका ४० हजार १ सय ८ बालबालिका मध्ये २० हजार ७ सय ३४ बालकको जन्मदर्ता भएको छ, जसमा १९ हजार ३ सय ७४ जना छोरी रहेका छन ।
आर्थिक बर्ष २०७४/०७५ मा ४३ हजार ७ सय १ बालबालिकामा २२ हजार ८ सय ३४ छोरा र २० हजार ८ सय ५६ छोरी छन ।
२०७१/०७२ तथ्यांकलाई आधार मान्ने हो भने छोरीको संख्या भन्दा १ हजार २ सय ७० छोराको संख्या बढेको देअिन्छ ।

यस्तै २०७४/०७५ को तथ्यांक अनुसार छोरीको संख्या १ हजार ९ सय ७७ ले कमी आएको छ । यसरी दिनानुदिन छोरी जन्मीने सङ्ख्यामा कमी आउनुले निकट भबिस्यमा समस्या निम्ताउने हो कि भन्ने चिन्ता प्रदेश बासीमा छाएको छ । छोरीको जन्मको संख्यामा कमी आउनुमा लिङ्गपहिचान गरि भ्रुणहत्या गर्नाले पनि छोरीको संख्यामा कमी आएको हो ।

बाहिरका विभिन्न अस्पतालबाट लिङ्ग पहिचान गरि गर्भपतन गरिदिन आग्रह रहित दैनिक रुपमा २ जना सम्म आउने गरेको परिवार नीयोजन कार्यालय कैलालीमा कार्यरत बरिष्ठ मेडिकल अधिकृत तुसार कुँवरले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्