आरआरमा नेविसंघ र अखिलको झडपमा ३ जना घाइते « Arthapath.com
५ फाल्गुन २०७६, सोमबार

आरआरमा नेविसंघ र अखिलको झडपमा ३ जना घाइते



काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पसमा सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रतिपक्ष नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताका बीचमा झडप भएको छ।

झडपमा नेपाल विद्यार्थी संघका ३ जना कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेमा आविश्कार पौडेल, कुशल बस्नेत र सुमन खड्का रहेका छन्। उनीहरुको मोडेल अस्पतालमा उपचार भइरहेको नेविसंघ आरआरका इकाई अध्यक्ष पुस्कर बाँस्तोलाले बताए।

आरआरमा नेविसंघको माहोल देखिएपछि आक्रोशित भएर अखिलका कार्यकर्ताले नेविसंघको कार्यकर्तामाथि हातपात गरेको र नेविसंघको माहोल देखियो भनेर कुटपिट गरेको उनले बताए ।

झडप भएपछि प्रहरीले नेविसंघका केहि कार्यकर्तालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा बाँस्तोला, सन्जीब ढकाल, रामजी बस्नेत, उमेश गुरुङ र विकु खड्का रहेका छन् । पक्राउ परेकालाई महेन्द्र पुलिस क्लबमा राखिएकोमा अहिले रिहा गरिसकिएको छ।

स्वतन्त्र विद्यार्थी युनियन आरआरका सभापति टपेन्द्र शाहीले सामान्य घटनालाई अतिरञ्जित गरिएको बताए। सामान्य घटना भएको हो । क्याम्पस बाहिर होहल्ला गर्नेलाई प्रहरीले लगेछ । अहिले कुरा मिलिसक्यो। पक्राउ परेकाहरु पनि छुटिसके।


प्रतिक्रिया दिनुहोस्