मतदाता नामावली अद्यावधिक कार्य प्रभावकारी नभएपछि आयोगमा छलफल « Arthapath.com
२० फाल्गुन २०७६, मंगलवार

मतदाता नामावली अद्यावधिक कार्य प्रभावकारी नभएपछि आयोगमा छलफल



काठमाडौं । राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँग निर्वाचन आयोगले छलफल गरेको छ । मतदाता नामावली सङ्कलन तथा अद्यावधिक विशेष कार्यक्रम, २०७६ कार्यान्वयन गर्ने सम्वन्धमा छलफल गरिएको आयोगले जनाएको छ ।

मतदाता नामावली सङ्कलन कार्य ७७ जिल्ला निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र तोकिएका ३८ इलाका प्रशासन कार्यालयबाट निरन्तर अद्यावधिक गर्ने कार्य भईरहेको छ । अद्यावधिक कार्य प्रभावकारी नभएपछि छलफल गरेको हो । फागुन ७ गतेदेखि असार मसान्तसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक विशेष कार्यक्रम सञ्चालन सुरु गरेको छ ।


प्रतिक्रिया दिनुहोस्