नेकपाका सांसद रावल बलात्कार गरेको आरोपमा पक्राउ « Arthapath.com
२१ फाल्गुन २०७६, बुधबार

नेकपाका सांसद रावल बलात्कार गरेको आरोपमा पक्राउ



काठमाडौं । पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कल बहादुर रावल महिलामाथि बलात्कारको दुस्प्रयास गरेको आरोपमा बुधवार पक्राउ परेका छन ।

धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक बिबाहित महिलाले आफूमाथि बलात्कारको कोसिस गरेको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको एक सातापछि रावल पक्राउ परेका हुन् ।

प्रदेश सभाका सदस्य रावलका बिरुद्ध फागुन १४ गते प्रहरीमा उजुरी परेको थियो । जाहेरीमा ती महिलाले प्रदेश सभा सदस्य रावलले आफूमाथि माघ २१ गते जवर्जस्ती करणीको दुस्प्रयास गरेको आरोप लगाएकी छन् ।

रावल आफ्ना बिरुद्ध उजुरी परेपछि सोका बारेमा बुझ्न बुधवार आफै जिल्ला प्रहरी कार्यालय कैलाली पुगेको बताईएको छ । महिलाको उजुरीपछि पक्राउ पूर्जी जारी गरेको प्रहरीले रावललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रहरीले बिहीवार रावललाई हिरासतमा राखी थप अनुसन्धान गर्न अदालतबाट अनुमती लिने बताएको छ । रावल अछाम क्षेत्र नम्बर २ को ख बाट निर्बाचित नेकपाका सांसद हुन् । उनी प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक हुन ।


प्रतिक्रिया दिनुहोस्