चलचित्र निर्माताहरुलाई छायाङ्कन रोक्न संघको निर्देशन « Arthapath.com
२२ फाल्गुन २०७६, बिहीबार

चलचित्र निर्माताहरुलाई छायाङ्कन रोक्न संघको निर्देशन



काठमाडौं । विश्वभरका मानिसमा त्रासको रूपमा देखिएको कोरोना भाइरस ९कोभिड १९०को जोखिम बढ्दै गएकाले नेपाल चलचित्र निर्माता संघले सम्पूर्ण फिल्मको छायाङ्कन कार्य रोक्न निर्देशन दिएको छ ।

नेपाल सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि पारिवारिक जमघट, मेला महोत्सव, जात्रा पर्वजस्ता कार्यक्रममा सरिक नहुन र त्यस्ता कार्यक्रम स्थगन गर्न अनुरोध गरेसँगै संघले पनि फिल्मकर्मीका लागि यस्तो सूचना जारी गरेको हो ।

भाइरसको संक्रमणबाट बच्न र आम जनतामा यसबारे जागृत गराउन पनि सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने र नेपाल सरकारबाट अर्को सूचना जारी नहुन्जेलसम्म सम्पूर्ण चलचित्र छायाङ्कन कार्य स्थगन गर्न संघको अनुरोध छ ।


प्रतिक्रिया दिनुहोस्