सगरमाथाको उचाइ नाप्न २२ करोड खर्च, नतिजा ‘गुपचुप’ « Arthapath.com
२६ फाल्गुन २०७६, सोमबार

सगरमाथाको उचाइ नाप्न २२ करोड खर्च, नतिजा ‘गुपचुप’



काठमाडौं । दुई वर्षभित्र सगरमाथाको उचाइ मापन गरी नयाँ नतिजा दिने प्रतिबद्धता पूरा गर्न नापी विभाग असफल बनेको छ । भारतीय दबाबरप्रभाव तथा कर्मचारीको अकर्मण्यताका कारण हालसम्म नतिजा सार्वजनिक हुन नसकेको स्रोतको दाबी छ ।

सरकारले प्राथमिकतामा राखेर सगरमाथाको उचाइ नाप्ने कार्यक्रमका लागि २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। विभागले उक्त रकम खर्च गरिसकेको छ । तर, हालसम्म सगरमाथाको उचाइबारे कुनै प्रतिवेदन सार्वजनिक गरेको छैन ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइका बारेमा बेलाबेलामा विवाद उठ्ने गरेका कारण सरकारले आधिकारिक उचाइ मापन गरेर सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, तोकिएको समयावधिभन्दा एक वर्ष ढिलाइ हुँदासमेत नतिजा सार्वजनिक गर्न विभागले अलमल गरिरहेको छ ।

प्रतिवेदन कहिलेसम्ममा सार्वजनिक हुन्छ भन्ने विषयमा विभागले स्पष्ट जवाफ दिनसकेको छैन। नापीले तीन वर्षसम्म पनि सगरमाथाको उचाइबारे नतिजा सार्वजनिक गर्न नसकेपछि यस विषयमा छानबिन हुनुपर्ने माग उठेको छ ।

प्रतिवेदन कहिलेसम्ममा सार्वजनिक हुन्छ भन्ने विषयमा विभागले स्पष्ट जवाफ दिनसकेको छैन । नापीले तीन वर्षसम्म पनि सगरमाथाको उचाइबारे नतिजा सार्वजनिक गर्न नसकेपछि यस विषयमा छानबिन हुनुपर्ने माग उठेको छ ।

नागरिक अगुवाहरूले २२ करोड रुपैयाँ खर्चेर गरिएको उचाइ मापनको नतिजा हालसम्म सार्वजनिक हुननसक्नु दुःखद् भएको बताएका छन् । उनीहरूले २२ करोड कुन काममा खर्च भयो भन्नेबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने माग गरे ।

विभागका प्रवक्ता दामोदार ढकाल फिल्डको काम सकिएकाले ‘डाटा प्रोसेसिङ’को काम भइरहेको बताउँछन । तर, कहिलेसम्म नतिजा सार्वजनिक हुन्छ भन्ने आफूलाई पनि जानकारी नभएको उनले बताए । ‘२०७७ जेठसम्ममा रिपोर्ट सार्वजनिक गर्ने लक्ष्य छ । तर, नहुन पनि सक्छ,’ उनले भने। विदेशी विज्ञहरूको सल्लाह लिनुपर्ने लगायतका काम बाँकी रहेकाले तत्काल नतिजा सार्वजनिक हुन नसक्ने उनको भनाइ छ ।

दुई वर्षभित्रमा नतिजा सार्वजनिक गर्ने भनेको नापी विभागले उक्त कामका लागि ३ वर्ष समय खर्चिसकेको छ । सरकारले विनियोजन गरेको रकमसमेत सबै सकिएको स्रोतको दाबी छ । तर, कर्मचारीले बजेट सकिएकाले उक्त काममा ध्यान नदिने गरेको विभागकै एक कर्मचारीले बताए। बजेट सक्न गर्नुपर्ने काममा दिनरात गरेर सकेको तर, अब थप पारिश्रमिक पाउने अवस्था नरहेकाले काम गर्न छाडेको उनको आरोप छ ।

गत जेठमा यसबारे नेपालन्युजले बुझ्दा मौसमको कारण गर्दा अल्टिच्युडमा जान नसकेर काम ढिलाइ भएको र फागुनभित्र सार्वजनिक गर्ने विभागले बताएको थियो । विभागले सगरमाथाको उचाइ मापन परियोजना नै खडा गरी सुरु गरेको योजनामा डाटा सङ्कलन र जाँचका लागि मात्र ३ सय ९५ दिन छुट्याएको थियो। तर, अझै काम हुन सकेको छैन ।

किन रोकियो नतिजा ?

१ सय ६३ वर्षअघि सन १८५५ मा ‘सर्भे अफ इन्डिया’ले नापेको सगरमाथाको उचाइलाई नै नेपाल सरकारले हालसम्म आधिकारिक मान्दै आएको छ । सर्भे अफ इन्डियाले सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर अग्लो रहेको प्रतिवेदन तयार पारेको थियो। तर, समय समयमा सगरमाथाको उचाइ बढेको वा घटेको जस्ता प्रतिवेदन सार्वजनिक हुने क्रम चलिरहेको छ ।

सरकार आफैंले पुनः नापी गरी नयाँ नतिजा सार्वजनिक गर्ने भएपछि सर्भे अफ इन्डियाले तत्काल यो कार्यक्रम रोक्न पत्रचार नै गरेको थियो । सर्भे अफ इन्डियाले विभागका उच्च कर्मचारीलाई भेटेर काम अघि नबढाउन निर्देशन नै दिएको स्रोतको दाबी छ । तर, सरकारले अन्ततः काम अघि बढाए पनि सोही दबाब एवं प्रभावका कारण कर्मचारीहरूले हालसम्म प्रतिवेदन सार्वजनिक गर्न नसकेको स्रोतको दाबी छ ।

भारतले मापन गरेको उचाइ ९८,८४८ मिटर ९२९ हजार २८ फिट० लाई नै हालसम्म विश्वले पनि आधिकारिक उचाइ मान्दै आएको छ। तर, सरकारले देशको आफ्नै नाप नक्सासम्बन्धी कानुनी प्रावधान भएकाले त्यसलाई टेकेर सगरमाथाको उचाइलाई नेपालले नै मापन गरेको प्रतिक्रिया दिँदै सर्भे अफ इन्डियाको प्रस्तावलाई अस्वीकार गरेको थियो ।

यता, चीनले पनि तत्काल नतिजा सार्वजनिक नगर्न दबाब दिएको स्रोतले दाबी गरेको छ। उनका अनुसार आगामी वर्षमा संयुक्त रूपमा नापी गरी सगरमाथाको उचाइको नतिजा सार्वजनिक गर्ने प्रस्ताव चिनियाँ पक्षले राखेको छ। चीनको उक्त प्रस्तावका कारण पनि नतिजा सार्वजनिक गर्ने कार्य रोकिएको स्रोतको भनाइ छ ।

बहाना बन्दै अन्तर्राष्ट्रिय विज्ञको सुझाव

विभागका प्रवक्ता ढकालले ‘डाटा प्रोसेसिङ’को काम सम्पन्न भए पनि अन्तर्राष्ट्रिय विज्ञको सुझाव लिनुपर्ने भएकाले ढिलाइ भइरहेको बताए । तर, विभागका तत्कालीन महानिर्देशक गणेशप्रसाद भट्टले आविष्कार भएका आधुनिक प्रविधिलाई प्रयोग गरी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न विदेशी विज्ञहरूलाई बोलाएर २०७५ मङ्सिर २५ र २६ गते कार्यशाला आयोजना गरी मापनको विधिबारे जानकारी गराएर स्वीकृति लिइसकेका थिए ।

कार्यशालामा उपस्थित अमेरिका, चीन, भारत र जापानलगायतका १० जनाभन्दा बढी विज्ञले यो विधिबाट मापन भए मान्य हुने भन्दै सहमति दिइसकेका छन । तर, विभागले अझै पनि अन्तर्राष्ट्रिय विज्ञको नाम जोडेर नतिजा सार्वजनिक गर्ने काम रोक्ने प्रयास गरिरहेको छ ।

अन्तर्राष्ट्रिय विज्ञहरूले त्यसताका नै प्रविधि र कामको प्रशंसा गर्दै नेपाल सरकारले पहिलोपटक सुरु गरेको सगरमाथाको उचाइ मापनलाई विश्वव्यापी मान्यता पाउने बताएका थिए । अन्तर्राष्ट्रिय विज्ञको सहभागिता गराउने बहाना बनाउँदै विभागका कर्मचारीले बजेट सक्ने मेलो बनाएको आरोप नागरिक अगुवाको छ ।

सगरमाथाको उचाइ मापन शृङ्खला

सन् १८४७ मा भारतको सर्भे अफ इन्डियाले उचाइ मापन गरी ८,७७८ मिटर उचाइ निकालेपछि १८४९÷५० ताका नेपालको तर्फबाट ८,८४० मिटर र पछि फेरि १९५४ मा मापन गरी ८,८४८ मिटर कायम गरिएको थियो। पछि सन १८५५ मा सर्भे अफ इन्डियाले मापन गरी ८,८४८ मिटर कायम गरेपछि यो प्रयोगमा आएको पाइन्छ ।

सन् १९७५ मा चीनले मापन गरी ८,८४८.१३ मिटर कायम गरेको थियो । यस्तै, सन् १९९९ मा बोस्टोन म्युजिएम अफ साइन्स युनाइटेड स्टेटले मापन गरी ८,८५० कायम गरेको थियो । चीनले अहिले सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ मिटर भएको मान्दै आएको छ । इटाली र नेशनल जियोग्राफीले पनि सगरमाथाको उचाइ नापेका छन्। तर, ती दुई मापनको प्रतिवेदन प्रयोगमा आएको छैन । नेपालन्युजबाट


प्रतिक्रिया दिनुहोस्