दुई राप्रपाबीचको एकता वैकल्पिक शक्तिः थापा(भिडियो) « Arthapath.com
२६ फाल्गुन २०७६, सोमबार

दुई राप्रपाबीचको एकता वैकल्पिक शक्तिः थापा(भिडियो)



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई राप्रपाबीचको एकताले नेपाली राजनीतिमा बलियो वैकल्पिक शक्ति तयार भएको बताएका छन । थापाले आफ्नो फेसबुकमा भिडियो सन्देशमार्फत एकीकृत नयाँ पार्टीले देशमा समृद्धि ल्याउने पनि दाबी गरेका छन् । थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर जबरा नेतृत्वका राप्रपा संयुक्तबीच एक सम्झौतामा हस्ताक्षर भएपछि थापाले भिडियो सन्देशमार्फत जनताले बलियो राष्ट्रवादी शक्ति पाएको दाबी गरेका हुन् ।

यसअघि दुई राप्रपा एकता भएको छोटो समयमै ०७३ फागुनमा विभाजित भएकोमा उनले कम्जोरी स्वीकार गरेका छन । ‘महाधिवेशनको छोटो समयमै यसअघि पार्टीमा आएको विभाजन रोक्न नसक्नुमा म नैतिक रूपमा जिम्मेवार छु,’ थापाले भनेका छन ।


प्रतिक्रिया दिनुहोस्