निर्माणाधीन काठमाडौं भ्यू टावरका ठेकेदार भेटवालले गरे आत्मसमर्पण « Arthapath.com
२७ फाल्गुन २०७६, मंगलवार

निर्माणाधीन काठमाडौं भ्यू टावरका ठेकेदार भेटवालले गरे आत्मसमर्पण



काठमाडौं । ठगीको आरोप लागेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन । महानगरीय प्रहरी परिसर काठमाडौंमा मंगलबार आत्मसर्मण गरेको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले बताए ।

जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रा.लि. सञ्चालन गर्दै आएका मनोज ठगीको आरोपमा केही महिनादेखि प्रहरीको फरार सूचीमा थिए । प्रहरीकाअनुसार उनीविरुद्ध बैंकिङ कसूरअन्तर्गत चेक बाउन्सको उजुरी छ ।

भेटवालविरुद्ध गत साउनमा राजस्व अनुसन्धान विभागले हुण्डी कारोवारको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा समेत दायर गरेको थियो ।

उनीसहित अन्य चार जनाविरुद्ध ४ करोड ६० लाख ४२ हजार रुपैयाँ अवैध कारोवारको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।

काठमाडौंको पूरानो बसपार्कमा निमार्णाधीन भ्यू टावरका मुख्य ठेकेदार भेटवाल भागेर भारतमा बस्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्