इटहरीमा टिम्बर क्राफ्टको डिलमिट सम्पन्न « Arthapath.com
२८ फाल्गुन २०७६, बुधबार

इटहरीमा टिम्बर क्राफ्टको डिलमिट सम्पन्न



काठमाडौं । संसारकै उच्चतम प्रविधी प्रयोग गरि नेपालमै ढोकाहरु उत्पादन गरेर विक्रि वितरण गर्दै आएको टिम्बर क्राफ्ट प्रालिले इटहरीमा डिलर मिट सम्पन्न गरेको छ । सुनसरी लागयतका जिल्लाहरुका ढोका विक्रेताहरुको उपस्थितिमा टिम्बर क्राफ्टको इटहरीमा अवस्थित आधिकारिक विक्रेता मामा भान्जा ट्रेर्डसको संयोजना तथा टिम्बर क्राफ्ट प्रालिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा टिम्बर क्राफ्ट प्रालिका प्रबन्ध निर्देशक योगेन्द्रजंग बस्नेत र मामा भान्जा ट्रेडर्सका सञ्चालक रविन निरौला र माधव घिमिरेले सहभागीहरुलाई टिम्बर क्राफ्टबारे जानकारी दिएका थिए ।

करिब ५० जना भन्दा बढि व्यवसायी तथा बजार प्रतिनिधी सहभागी रहेको उक्त कार्यक्रममा टिम्बर क्राफ्ट प्रालिका प्रबन्ध निर्देशक बस्नेतले ढोकाहरुको बर्तमान बजार र टिम्बर क्राफ्टका उत्पादन बारे चर्चा गरे । सो क्रममा उनले भने, ‘नेपाली उत्पादनमा आम उपभोक्ताको आर्कषण बढेकोले नेपाली उत्पादनको बजार विस्तार गर्न तर्फ लागौं । टिम्वरका ढोकाहरुको व्यापार भन्दा पनि नेटवर्क विस्तारमा कम्पनी लागेको बताउदै उनले भने, ‘नेपाली उत्पादनलाई मन पराईदिनुहुने सवैको सेवाको लागि नयाँ नयाँ डिलर सञ्चालनमा ल्याउदैं छौं ।’

उनले संसारकै उच्चतम प्रविधि अपनाएर बनाइएका घाम, पानी, धुलो आदिले नबिग्रिने उत्पादित ढोकाहरुको बजार विस्तार गर्न टिम्बर क्राफ्ट लागि परेको बताए । ढोकाहरु बारे जानकारी दिंदै उनले टिम्बर क्राफ्टले उत्पादन गर्ने ढोकाहरु ट्रिटमेन्ट गरेर किराले नखाने, धुलिया नलाग्ने, बाङ्गो टिङ्गो नहुने गरी आधुनिक तरिकाले वातावरणलाई असर नहुने तवरबाट बनाइएका छन । त्यस्तै, मामा भान्जा ट्रेडर्सका सञ्चालक रविन निरौलाले इटहरी लगायतका क्षेत्रमा टिम्बर क्राफ्टका ढोकाहरु लोकप्रिय हुदै गएको बताए । उनले भने, ‘नेपालमै उत्पादीत ढोका बेच्न पाउदा आफूलाई गर्व लाग्नुको साँथै उपभोक्तालाई पनि विश्वास दिलाउन सजिलो हुने छ ।’


प्रतिक्रिया दिनुहोस्