आईपे रेमिट नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध « Arthapath.com
२९ फाल्गुन २०७६, बिहीबार

आईपे रेमिट नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध



काठमाडौं । बैदेशिक रेमिटेन्स कारोबारहरु सिधैं लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन आईपे रेमिट प्रा.लि.,नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको NCHL-IPS/ connectIPS e-Payment प्रणालीहरुमा आबद्ध भएको छ । यो व्यवस्थासँगै आईपे रेमिटका कम मुल्यका भुक्तानी कारोबारहरु अयललभअतक्ष्एक् connectIPS e-Payment प्रणाली मार्फत रियल टाइममा र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ल्ऋज्ी(क्ष्एक्मार्पmत तोकिएको समय सीमामा अन्य भुक्तानी कारोबारहरु गर्न सकिन्छ ।

एनसीएचएलले आफ्ना प्रणालीहरु मार्फत बैंक खातामा आधारित विभिन्न भुक्तानी कारोबारहरुलाई सहजीकरण गरिरहेकोमा रेमिटेन्स पनि ती मध्येको एक महत्वपूर्ण कारोबार हो । यसमा हाल सम्म ६ वटा रेमिटेन्स कम्पनीहरु र ३० वटा गैर बैंक संस्थाहरु अप्रत्यक्ष÷प्राविधिक सदस्यको रुपमा आबद्ध रहेका छन् ।

६ वर्ष अगाडि स्थापना भएको आईपे रेमिट नेपालको अग्रणी रेमिटेन्स कम्पनीहरु मध्येको एक हो । यसले १० लाखभन्दा बढि आप्रवासी कामदारहरुको कडा परिश्रमको कमाईलाई नेपालमा रहेका आफ्ना परिवारहरुलाई छिटो, सुरक्षित र भरपर्दो तरिकाले पठाउन विभिन्न प्रविधि र सहकार्यको माध्यबाट सहयोग गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवद्र्धित एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्दै आएको छ । हाल सबै जसो बैंक तथा वित्तिय संस्थाहरुको सहभागीतामा यसका NCHL-ECC, NCHL-IPS, connectIPS e-Payment र connectRTGS अयललभअतच्त्न्क् प्रणाली संचालनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्