निजी क्षेत्र पनि कोरोना रोकथाम तथा न्यूनिकरणमा जुट्यो « Arthapath.com
२ चैत्र २०७६, आईतवार

निजी क्षेत्र पनि कोरोना रोकथाम तथा न्यूनिकरणमा जुट्यो



काठमाडौं । पछिल्लो समय विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या करिव पाँच हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरेसंगै यसको रोकथाम र न्यूनिकरणका लागि सबैदेशलाई निर्देशन समेत दिएको छ ।

सबै देशलाई यसको रोकथाम र न्यूनिकरणका लागि कडा रुपमा लाग्न डब्लुएचओले आग्रह गरेको छ । यसको असर स्वास्थ्यमा परेको नै छ भने यसले अर्थ व्यवस्थालाई समेत तहसनहस गर्ने आशंका गरिएको छ । कोरोना भाईरसले गर्दा विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको छ र यसको रोकथाम वा न्यूनिकरण हुन सकेन भने ठूलै क्षति व्यहर्नुपर्ने छ ।

यसको प्रत्यक्ष प्रभाव निजी क्षेत्रलाई पर्ने देखिएको छ । त्यसैले यसको रोकथाम तथा न्यूनिकरण गर्नका लागि सरकारी क्षेत्रको मात्रै मुख नताकेर निजी क्षेत्रले पनि यसको सचेतना फैलाउन आवश्यक रहेको छ । निजी क्षेत्रले सरकारसंगै सहकार्य गरेर पनि रोकथाम गर्न सक्छ ।

निजी क्षेत्रले नाफा कमाउने भन्दापनि सामाजिक कार्यमा पनि लाग्न जरुरी रहेको छ । त्यस्तै नीजि क्षेत्रले यसको रोकथाम गर्नको लागि विभिन्न सचेतनामुलक कार्यक्रम गर्न सक्छन । यस्तै निजी क्षेत्र मध्येको प्रभु बैंकलेभने कोरोना भाईरस जोखीम न्यूनिकरण गर्नको लागि पहल कदमी चालेको छ । कोरोना (कोभिड१९) भाईरसबाट कसरी बच्ने भन्ने सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ ।

पछिल्लो समय गलत जानकारीले जनतामा एक किसिमको त्रास फैलाएकोले त्रासमुक्त गर्नको लागि निजी क्षेत्रले विभिन्न किसिमका पर्चा पम्पेट, भिडियो शन्देस जारी गर्न सक्छन । प्रभू बैंकले सार्वजनिक गरेको भिडियामा कोरोनाबाट कसरी जोगिने, कसरी बच्ने, संक्रमीतले कसरी औषधी उपचार गर्न सक्छन भन्ने महत्वपुर्ण कुराहरुलाई समेटेको छ ।


प्रतिक्रिया दिनुहोस्