मन्त्री नै बेपत्ताको सूचीमा « Arthapath.com
४ चैत्र २०७६, मंगलवार

मन्त्री नै बेपत्ताको सूचीमा



काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सशस्त्र द्वन्द्वका समयमा पूर्ण र आंशिक बेपत्ता पारिएका व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ। आयोगले सोमबार सार्वजनिक गरेको बेपत्ताको सूचीमा २ हजार ५ सय ६ जनाको नाम समावेश छ । उक्त सूचीमा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरको नाम पनि समावेश गरिएको छ ।

आयोगको सूची अनुसार सबैभन्दा धेरै बेपत्ताको उजुरी बर्दियाबाट परेको छ । बर्दियाका २ सय ५४ जनाको नाम बेपत्ता भएको सूचीमा छ । सूचीअनुसार दाङबाट १ सय २८, कञ्चनपुरबाट ७७, अछामबाट ५४, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०÷४० जना बेपत्ताको सूचीमा छन ।

सशस्त्र द्वन्द्वको इपिसेन्टर रोल्पा र रुकुमबाट भने बर्दियाको भन्दा कम उजुरी परेको छ । रोल्पाबाट ९७ रुकुमबाट ४५ जनाको मात्रै बेपत्ता पारिएको भन्दै उजुरी परेको छ ।

आयोगले बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भए आयोगको टोल फ्री नम्बर १६६०–०१–२२१११ मा सम्पर्क गरेर सूचना दिन सकिने बताएको छ । त्यस्ता सूचना तथा प्रमाण उपलब्ध गराउन भने कुनै समय समय तोकिएको छैन ।

आयोगका अनुसार त्यस्ता सूचना तथा प्रमाण आफ्नो अनुकूल समयमा पठाउन सकिने छ ।

आयोग भन्छ–मन्त्री मगर आशिंक बेपत्ता
बेपत्ता पारिएको छानबिन आयोगले भने मन्त्री मगरको उजुरी आशिंक बेपत्ताका रुपमा परेकाले उनको नाम पनि त्यसै अनुसार समावेश गरिएको जनाएको छ ।

आयोगका सूचना अधिकारी निरञ्जन घिमिरेले प्रारम्भिक अनुसन्धान सकेर विस्तृत अनुसन्धानमा गएका उजुुरीलाई सार्वजनिक गरिएको बताए । नेपाल लाइभबाट

https://drive.google.com/file/d/188_gje2i2F-Wt2GM374Qbx1_Vtj0qwu3/view


प्रतिक्रिया दिनुहोस्