२५ जनाभन्दा बढी उपस्थित भएपछि राज्य व्यवस्था समितिमा विवाद

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरे पनि उल्लंघन गरिएको भन्दै संसदीय समितिमा विवाद भएको छ । बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित सांसदहरुले विरोध जनाएका हुन् ।
बैठकमा ुसंघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल गर्ने कार्यसूची थियो। विधेयकमा संशोधन प्रस्ताव राखेका केही सांसदले बोलिसकेका थिए ।
त्यसपछि, कांग्रेसका दिलेन्द्र प्रसाद बडुले सरकारले सूचना जारी गरेपछि उसलाई सघाउनु सबैको कर्तव्य हुने बताएका थिए ।
उनले अनुरोध गरेपछि समिति सभापति शशी श्रेष्ठले बैठक स्थगित गरेकी छिन ।