प्रचण्डलाई जुत्ता प्रहार गर्ने तिरुवा ५ सय धरौटीमा छुटे « Arthapath.com
६ चैत्र २०७६, बिहीबार

प्रचण्डलाई जुत्ता प्रहार गर्ने तिरुवा ५ सय धरौटीमा छुटे



काठमाडौं । प्रचण्डलाई जुत्ता प्रहार गर्ने व्यक्ति धरौटीमा छुटेका छन । उनलाई ५ सय धरौटीमा रिहा गरेको हो । उनले गत फागुन १८ गते राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहारको प्रयास गर्ने रतन तिरुवा ५ सय रुपैयाँ धरौटीमा रिहा भएका हुन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार उनीसँग धरौटी माग गरेको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मागेको पाँच सय धरौटी बुझाएर उनी रिहा भएका हुन ।


प्रतिक्रिया दिनुहोस्