निर्वाचन मिति सार्न उद्योग वाणिज्य महासंघको बैठक बस्दै

काठमडौं । महत्वपूर्ण रुपमा हेरिएको नेपाल उद्योग महासंघको निर्वाचन चैत २८ र २९ गते हुने मिति तोकिएको थियो । तर सरकारले बुधवार गरेको कोरोना रोकथामसम्वन्धीको निर्णले सर्ने कि नसर्ने भन्ने चासोको विषय बनेको छ ।
यसै समवनिध छलफल गर्नको लागि महासंघले आज २ बजे मिटिङ बोलाएको छ । करिव एक महिना पछि निर्वाचन गर्ने तयारीका साथ मिटिङ बस्न थालेको हो । तर सार्ने वा नसार्ने भन्ने छलफल पछि मात्रै निक्र्याैल गर्न सकिने छ ।
त्यससँगै महासंघको निर्वाचन आगामी १ महिना सार्न लागिएको महासँघले जनाएको छ । १ महिना चुनाव सार्ने प्रस्ताव गर्दै महासंघले आज दिउँसो २ बजे स्ट्याण्डिङ कमिटिको बैठक बोलाएको छ ।
अहिले हुन लागेको महासँघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल तथा किशोर कुमार प्रधान प्रतिष्पर्धा गर्न लागेका छन । भने शेखर गोल्छा आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुने छन ।