नेपाल टेलिकमको रिंगब्याक टोनमा कोरोनाबाट यसरी बचौँ « Arthapath.com
६ चैत्र २०७६, बिहीबार

नेपाल टेलिकमको रिंगब्याक टोनमा कोरोनाबाट यसरी बचौँ



काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमणको सतर्कताको लागि सरकारले नागरिकलाई विभिन्न सूचना जारी गर्दै सचेत बन्न अनुरोध गरीरहेको छ ।

यसैबीच नेपाल टेलिकमले आजदेखि रिंगब्याक टोनका रुपमा बज्ने धुन हटाउँदै कोरोना सचेतना सन्देश दिन थालेको छ ।

कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको हो ।

चीनको वुहान सहरबाट गत डिसेम्बर अन्तिम सातादेखि सुरु भएको कोरोना भाइरस ‘कोभिड १९’ को त्रास विश्वभर महामारीको रुपमा फैलिरहेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ८ हजार ९ सय ६७ जनाको मृत्यु भइसकेको छ । २ लाख १९ हजार २ सय ४३ केसहरु देखिएको छ । यो संक्रमितको संख्या हो । ८५ हजार ७ सय ४५ जनामा संक्रमण भएर उपचारपछि स्वास्थयलाभ गरी घर फर्किएका छन् । यो रोग १ सय ७६ देशमा फैलिएको छ ।

उद्गमस्थल चीनमा नियन्त्रणउन्मुख भइरहेको भाइरस ‘कोभिड १९’ अहिले विश्वमै महामारी बनेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी समस्याको रुपमा घोषणा गरिसकेको छ । यो महामारी घोषणा भएपछि विश्व दुनियाँ झनै डराएको छ । तर डराउनु भन्दापनि यस रोगसँग लड्न सचेतना र साबधानी अपनाउनुपर्छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी चीनका नागरिक रहेका छन्। चीनपछि इटली, इरान र स्पेनमा धेरैको मृत्यु भएको छ ।

कसरी हुन्छ संक्रमण ?
चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छ

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क ९हात मिलाउने, अंकमाल गर्ने, छुने आदि०

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

लक्षणः
ज्वरो आउने

रुघा लाग्ने

सुख्खा खोकी लाग्ने

सास फेर्न गाह्रो हुने

घाँटी, टाउको तथा जिउ दुख्ने

झट्ट हेर्दा सामान्य रुघाखोकी लागेजस्तो मात्र हुने भएकाले यस रोगको पहिचान गर्न कठिन हुन्छ र संक्रमित व्यक्तिले पनि यसलाई हल्का रुपमा लिन्छन् ।

कसरी बच्ने ?
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।

– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने

– मास्कको प्रयोग गर्ने

– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,

– नियमित साबुन पानीले हात धुनेरहातमा अल्कोहलजन्य सेनिटाइजर दल्ने

– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सोझै सम्पर्कमा नरहने

– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

– सार्वजनिक जमघटहरुमा कम उपस्थित हुने

विश्वस्वास्थ्य संगठन WHO को सल्लाह
साबुन–पानीले हात धोईरहने । पाएसम्म अल्कोहलमा आधारित किटाणुरहित गर्ने सामग्री पाईन्छ । त्यसको पनि उपयोग गर्ने । संक्रामक जिवाणु सबभन्दा छिटो हातमा आउने सम्भावना हुन्छ । हात सफा भए यो महामारीको संक्रमित हुने जोखिम कम हुन्छ ।

स्वास–प्रश्वासमा सावधानी स् खोक्दा वा हाच्छ्युँ गर्दा नाक–मुखलाई रुमाल वा टिस्यु कागजले राम्रोसँग ढाक्नुपर्छ । यसो गर्दा कीटाणु वा जिवाणु फैलिन नियन्त्रित हुन्छ । खोक्ने वा हाच्छ्युँ गर्दा मानव तरलका ससाना कणहरू एक मिटर परसम्म उछिट्टिरहेका हुन्छन्, जसमा भाईरस वा जम्सर्् हुन्छन् । अतः खोक्ने वा हाच्छ्युँ गर्ने मानिसभन्दा कम्तिमा एक मिटर दूरीमा रहनु जरुरी हुन्छ ।

आँखा, नाक र मुखमा हात नलगाउने स् हातमा अनेक प्रकारका भाईरस वा ब्याक्टेरिया रहिरहेका हुन्छन्, जो ईन्द्रियहरूबाट छिटो संक्रमित हुनसक्छन् ।

यदि ज्वरो आएको, खोकी र स्वासप्रश्वासमा समस्या वा छिटोछिटो सासफेर्नुपर्ने समस्या छ भने तुरुन्तै उपचारात्मक उपाय अपनाउनु पर्छ । कोरोना संक्रमित वा आक्रान्त क्षेत्रबाट आएको वा त्यस्ता क्षेत्रमा जानुछ भने आफ्नो उपचारक ९डाक्टर वा स्वास्थ्यकर्मी० लाई बताउनु पर्छ । यदि यस्तो आवतजावत भएको छैन तर ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या वा रुघा लागेको छ भने घर बाहिर निस्कनु उचित हुँदैन ।

पशुपंक्षी वा माछा–मासु बजार वा अस्पताल जाँदा मास्क आदिको प्रयोग तथा उच्च सरसफाई अपनाउने स् जनाबर वा माछामासु हातले छुँदा वा समाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउनु पर्छ ।


प्रतिक्रिया दिनुहोस्