लकडाउन गर्ने सरकारको तयारी, प्रधानमन्त्रीले आजै ५ बजे संबोधन गर्ने « Arthapath.com
७ चैत्र २०७६, शुक्रबार

लकडाउन गर्ने सरकारको तयारी, प्रधानमन्त्रीले आजै ५ बजे संबोधन गर्ने



काठमाडौं । विश्वव्यापीे कोरोना भाईरसको त्रास फैलिरहेका वेला प्रधानमन्त्री केपिशर्मा ओलीले राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन । शुक्रवार साँझ ६ बजे प्रधानमन्त्री निवास वालुवाटारबाट सर्वसाधरण नागरिकलाई नआत्तिन र सचेत र सुरक्षित रहेर बस्न आग्रह गरिने बताईएको छ ।

यो भन्दा अघि सरकारले २५ जनाभन्दा बढि भिड हुने स्थानहरुमा रोक लगाएको छ । त्यस्तै सरकारले कोरोना भाईरस नियन्त्रण गर्न लक डाउन गर्ने तयारी गरेको छ । तर लकडाउनको समयमा एम्बुलेन्स, अग्नि नियन्त्रक, अस्पताल, सुरक्षा निकाय, खानेपानी, फोहोर महिला संकलन, बिजुलीजस्ता सेवाहरुलाई भने निरन्तर सञ्चालन गर्ने छ । लकडाउनमा पनि अत्यावस्यक वस्तुहरु सरकारले उपलब्ध गराउने भएकोले त्यसैले अहिले आत्तिनु नपर्ने सरकारले जनाएको छ ।

गृह मन्त्रालयले दैनिक जीवनयपनका लागि नभई नहुने सरकारले तोकेको अति आवश्यक २९ वटा वस्तु तथा तिनीहरुको सेवामा कुनै कसर बाँकी नराख्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्