सरकारले गरेको निर्णय सहकारी संघले पूर्ण पालना गर्ने « Arthapath.com
१० चैत्र २०७६, सोमबार

सरकारले गरेको निर्णय सहकारी संघले पूर्ण पालना गर्ने



काठमाडौं । विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई रोक्न सरकारले अत्यावश्यक सेवा वाहेकका अन्य सेवाहरू चैत्र ९ गतेदेखि २१ गतेसम्मका लागि वन्द गरेकोले आमनागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिंदै नेपालको सहकारी अभियानको तर्फबाट पूर्ण पालना गर्ने प्रतिवद्धता व्यक्त गर्ने जनाएको छ ।

यसै सन्दर्भमा सदस्यहरूको लागि सदस्यहरूकै व्यवस्थापनबाट संचालित सहकारी संघ÷संस्थाहरू समुदायप्रति समेत जिम्मेवार भई संचालन हुनुपर्ने हुँदा जनचेतना अभिवृद्धिका साथै यस विषम परिस्थितिमा सदस्यहरूलाई अत्यावश्यक सेवा प्रवाह गर्न समेत तत्पर रहनुपर्दछ । यसर्थ, उक्त कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर राख्दै सदस्य तथा कर्मचारीहरूमा संक्रमण नहुने उपायहरू अवलम्वन गर्नहुन, सो सम्वन्धी जनचेतना अभिवृद्धिका साथै मास्क तथा सेनिटाइजर लगायतका सरसफाईका वस्तुहरूको प्रयोग गर्न गराउन हुन सम्पूर्ण सहकारी संघ÷संस्थाहरूमा हार्दिक आव्हान गर्दछौं ।

साथै, यस कठिन परिस्थितिमा स्वास्थ्य सहकारी संस्थाहरूलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्नहुन, उपभोक्ता सहकारीहरूलाई अत्यावश्यक वस्तुको आपूर्ति गर्नहुन र वित्तीय सेवा प्रवाह गर्र्ने संघ÷संस्थालाई आंशिक समयमात्र कार्यालय खोलि तरलता समेतको व्यवस्थापन हुने गरी सदस्यहरूको आवश्यकक्ताको आधारमा वित्तीय सेवा प्रवाह गर्न गराउन हुन समेत हार्दिक अपिल गर्दछौं ।

अन्त्यमा, विश्व नै आक्रान्त भएको यस अत्यन्त कठिन परिस्थितिमा समुदायको प्रत्यक्ष संलग्नता रहेको सहकारी क्षेत्रको विशेष भूमिका रहनुपर्ने हु“दा अत्यावश्यक सेवा वाहेकका अन्य सेवा वन्द गरी भीडभाड नगर्न नगराउन, कालोवजारीलाई रोक्न, सवैलाई संयमित रहन आ—आफ्नोे तर्फबाट सक्रिय भूमिका निर्वाह गर्न समेत सम्पूर्ण सहकारी संघ÷संस्थाहरूलाई यस महासंघ हार्दिक अपिल गर्दछ । साथै, यस कठिन परिस्थितिमा आपसी सद्भाव र सहकार्यका साथ यथासक्य सहयोग पु¥याउन सम्पूर्ण सहकारीकर्मी तथा आमसमुदायमा समेत हार्दिक आव्हान गर्दछौं ।


प्रतिक्रिया दिनुहोस्