कोरोनाबिरुद्ध एनआरएनएले गर्यो १ करोड रुपैयाँ सहयोग « Arthapath.com
१० चैत्र २०७६, सोमबार

कोरोनाबिरुद्ध एनआरएनएले गर्यो १ करोड रुपैयाँ सहयोग



काठमाडौं । कोरोना महामारीसंग लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आर्थिक सहयोगको घोषणा गरेको छ । गैरआवासीय नेपाली संघको आइतवार बसेको ७२ औं बैठकले प्रधानमन्त्री राहत कोष मार्फत १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए ।

यसअघि संघले कोरोना भाइसर पिडितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरिय समिति गठन गरेको थियो ।

बैठकले संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पिडित राहतकोष संकलन समिति गठन भएको छ भने उपाध्यक्ष डा। बद्री केसीको संयोजकत्वमा भौतिक सामाग्री सहयोग संकलन उपसमिति गठन भएको छ ।

संघले विश्वभर छरिएका आफ्ना शाखा मार्फत कोरोना पिडित नेपालीको तथ्यांक संकलन गर्ने समेत तयारी गरेको छ । यस्तै बैठकले संघको आर्थिक, कर्मचारी, प्रोटकल सम्बन्धी आधार दर्जन भन्दा बढी नियमावलीहरु पारित गरेको संघले जनाएको छ ।

बैठकले संघको बिस्तृत आर्थिक लेखापरिक्षण (डिडिए)को रिपोटलाई सार्वजनिक गर्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयलाई अख्तियारी दिएको छ ।

बैठकले राष्ट्रिय समन्वय परिषदले गैरआवासीय नेपाली संघसँग आवद्द हुन मापदण्ड सहितको संझौतापत्रमा हस्ताक्षर गर्नु पर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्