नेपाल आयल निगमले गर्यो ५० करोड रुपैयाँ सहयोग

काठमाण्डौ । विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाईरसको रोकथाम तथा उपचारका लागि नेपाल आयल निगमले सहयोग गरेको छ । नेपाल आयल निगमले सरकारलाई ५० करोड रुपैयाँ सहयोग गरेको छ ।
नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ जम्मा गरिएको निगमले जनाएको छ ।
बुधबार बसेकोको निगमको सञ्चालक समितिको बैठकले सरकारी कोषमा ५० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो ।
निगमले ५० करोड रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरेको जनाएको छ ।