धमाधम राहत बाड्दै पालिका « Arthapath.com
२२ चैत्र २०७६, शनिबार

धमाधम राहत बाड्दै पालिका



स्याङ्जा । कोरोना भाइरसको महामारीका कारण सरकारले गरेको लकडाउनको समयमा हात मुख जोड्न नपुग्ने परिवारलाई स्याङ्जामा धमाधम राहत बितरण गर्न थालिएको छ ।
यहाँका दुई पालिकाले राहत बितरण गरेका छन् छन् नौ वटा पालिका तथ्याङक संकलन गरेर राहत दिने तयारी गरेका छन् । पुतलीबजार नगरपालिकाले हात मुख जोड्न नपुग्ने एक हजार तिन सय ५८ परिवारलाई राहत बितरण गरेको छ ।

१४ वटा वार्ड रहेको पुतलीबजारमा तिन जना सम्मको परिवार भएका छ सय ३० र तिन देखि माथीको परिवार भएका सात सय २८ परिवारलाई राहत स्वरुप खाद्य सामाग्री प्रदान गरेको छ ।
नगरपालिकाले तिन जना सम्मको परिवारलाई पाचँ केजी चामल, एक केजी दाल, एक केजी नुन, आधा लिटर तेल, एक वटा नुवाउने साबुन र एक वटा लुगाधुने साबुन प्रदान गरेको हो भने तिन भन्दा ठुलो परिवारलाई १० केजी चामल, दुईल केजी दाल, एक लिटर तेल, एक केजी नुन, एक वटा नुवाउने साबुन र एक वटा लुगाधुने साबुन प्रदान गरेको हो ।

नगरपालिकाले दश हजार चार ३० केजी चामल, दुई हजा ८६ केजी दाल, एक हजार ४३ लिटर तेल, एक हजार तिन सय ५८ केजी नुन, एक हजार तिन सय ५८ वटा नुवाउने र एक हजा तिन सय ५८ वटा लुगा धुने साबुन प्रदान गरेको सुचना अधिकृत ताराचन्द्र ढकालले जानाकारी दिनुभयो ।

यस्तै कालिगण्डकी गाउँपालिकाले सात वटै वार्डको तथ्याङक संकलन गरी एक सय ८६ परिवालाई राहत स्वरुप चामल, दाल, नुन दिएको हो ।
गाउँपालिकाले तिन जना सम्मको परिवारलाई १० केजी चामल, एक लिटर तेल, एक केजी दाल र एक केजी नुन प्रदान गरेको हो भने तिन भन्दा ठुलो परिवारलाई १५ केजी चामल, दुई केजी दाल, एक केजील नुन, एक लिटर तेल दिएको गाउरुँपालिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो ।

उहाँले पहिलो चरणमा एक हप्ताको लागि जेलादारी गरेर खाने मजदुर र परिवारलाई घरघरमा पुगेर राहत दिएको बताउदै थापाले लकडाउन नखुले दोस्रो चरणमा दिने बताउनुभयो । गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस्