बागमती प्रदेशमा परिसंघको सहयोग « Arthapath.com
२२ चैत्र २०७६, शनिबार

बागमती प्रदेशमा परिसंघको सहयोग



काठमाडौं । नेपाल उद्योग परिसंघ विभिन्न तहकासरकारसंग सहकार्य गर्दैकोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितीसंग जुध्न आवश्यक खाद्यान्न सामाग्री वितरणलाई जारी राखेको छ ।विविध कारणले खाद्य सामाग्री अभाव भएकाहरुलाई परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री उपलब्ध गराउने प्रयास गरिरहेको छ ।

आज एक कार्यक्रममा बागमती प्रदेश उद्योग परिसंघूका संयोजक ऋषिराम घिमिरेले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई राहत सामाग्री हस्तान्तरण गरे । दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका एक हजार थान प्याकेटहरु हस्तान्तरण गरिएको हो । नेपालका सवै प्रदेश लगायत काठमाण्डौ, ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराईने छन् ।
यस्तो विषम परिस्थितीमा आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्ता दिदै सोको आपुर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत आर्दिक आग्रह गर्दछ । यस्ता कारखाना तथा उद्योग संचालनमा सहजता ल्याउन त्यहाँ काम गर्ने मजदुर तथा कर्मचारीको आवागमनलाई समेत सहज गराउन सम्बद्ध सवैमा अपिल समेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्