सरकारले स्थापना गरेको तीन जिल्लामा र्यापिड टेस्ट शुरु « Arthapath.com
२५ चैत्र २०७६, मंगलवार

सरकारले स्थापना गरेको तीन जिल्लामा र्यापिड टेस्ट शुरु



काठमाडौं । सरकारले मास टेस्टका लागि स्थापना गरेका कैलाली र कञ्चनपुरमा शुरु गरिएको छ । कैलाली, कञ्चनपुर र बाग्लुङमा र्यापीड टेस्ट स्थापना गरिएको थियो । कैलाली र कञ्चनपुरबाट मंगलबारदेखी टेसट कार्य शुरु भएको हो । सरकारले खटाएको र्यापिड टेस्टका लागि ६ सदस्यिय टोली खटाएको थियो जुन सोमवार नै धनगढी पुगीसकेको छ । प्रदेशिक स्वास्थय निर्देशनालयले पनि चार सदस्य थप गरेको ट ।

१० जनाको टोली २ भागमा विभाजन गरेर र्यापिड टेष्ट गरिने स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

दुई टोलीले कैलाली र कञ्चनपुरमा रहेका शंकास्पद व्यक्तिको परीक्षण गर्ने छ । एउटा टोली टीकापुर नगरापलिका हुँदै लम्किचुँहा, घोडाघोडीलगायतका स्थानीय तहमा जाने छ भने अर्काे टोली कैलालीको गोदावरी नगरपालिका हुँदै कञ्चनपुरमा परीक्षण गर्ने निर्देशनालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्