सीमा बाहिरका नेपालीबारे सरकारलाई सर्वोच्चको पाँच बुँदे आदेश « Arthapath.com
२६ चैत्र २०७६, बुधबार

सीमा बाहिरका नेपालीबारे सरकारलाई सर्वोच्चको पाँच बुँदे आदेश



काठमाडौं । नेपाल भारत सीमा नाकामा रहेका नेपालीलाई क्वारेन्टाईनमा राख्न सर्वाेच्च अदालतले निर्देशन दिएको छ । मंगलबार न्यायाधीश दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त रुपमा भएको इजलासले उनहिरुलाई नेपालमा ल्याएर क्वारेन्टाईनमा राख्न आदेश दिएको हो ।

अदालतको ५ बुँदे आदेश

१. विदेशमा खान बस्न र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा विपतमा परेका नेपाली नागरिकहरुको पहिचान गरी नेपाल फर्कन चाहने इच्छुक नेपालीनागरिकलाई सम्बन्धित मुलुकसँग कुटनीतिक पहल वा माध्यमबाट समाधान गरी ल्याउन व्यवस्था गर्नुरगराउनु, तत्काल सम्भव नभए उनीहरुको उचित खान,स्वास्थ्य रबसाइको व्यवस्था मिलाउन आवश्यक पहल गर्नु ।

२. नेपालीहरु विदेशबाट नेपाल आएको अवस्थामा आएका सम्पुर्ण व्यक्तिहरुको नाम थर वतनसहितको अद्यावधि लगत राखेर मात्र नेपाल प्रवेश गराउने र उनीहरुलाईक्वारेनटाइनमा राख्नु ।

३. नेपाल भारतको सिमामा रहेका नेपालीहरुलाई उनीहरुले चाहेमा नेपाल ल्याई निश्चित समय क्वारेनटाइनमा राख्ने र त्यस्तो गर्न तत्काल सम्भव नभए भारतसरकारसँग सम्वन्वय गरी खान,बस्न र उपचारको यथोचित व्यवस्था मिलाउन पहल गर्नु ।

४. क्वारेनटाइनमा रहेका व्यक्तिलाई ध्ज्इ को मापदण्डअनुसार स्वास्थ्य उपचारलगायतको सेवा प्रदान गर्नेगरी व्यवस्थित रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउनु ।

५. विदेशमा रहेका नेपालीहरुको भिसा समाप्त भएको वा राहदानीको म्याद समाप्त भएको कारणबाट कुनै समस्यामा भए सम्बन्धित देशसँग सम्वन्वय गरी नियमितबसाइ नियमित गर्ने व्यवस्था मिलाउनु ।


प्रतिक्रिया दिनुहोस्