किसानलाई मर्का पर्ने गरि दूध बिक्रीमा रोक लगाएपछि आक्रोशित बने « Arthapath.com
२७ चैत्र २०७६, बिहीबार

किसानलाई मर्का पर्ने गरि दूध बिक्रीमा रोक लगाएपछि आक्रोशित बने



काठमाडौं । शङ्खरापुर नगरपालिकाले लकडाउनको बेला दूध बिक्री वितरणमा रोक लगाएपछि साँखुवासी आक्रोशित भएका छन् । नगरपालिकाले कोरोना भाईरसको कारण देखाउँदै दुध बिक्री गर्न रोक लगाएपछि स्थानियले विरोध गरेका हुन ।

नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठसहितको बैठकले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि भन्दै दूध बिक्री तथा ढुवानीमा रोक लगाउने निर्णय गरकोमा वडाध्यक्षले नै विरोध गरेका हुन ।

यस्तो समयमा किसानको उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने शङ्खरापुर नगरपालिका–६ का वडाध्यक्ष राधाकृष्ण श्रेष्ठलेबताए ।

नगरप्रमुख सुर्वण श्रेष्ठले स्थानीयवासीको सुरक्षालाई मध्यनजर गर्दै दुध बिक्रीमा रोक लगाएको स्विकार गरेका छन । तर नेपाल सरकारले दूध अत्यावश्यकको वस्तु भएकाले रोक लगाएको छैन ।


प्रतिक्रिया दिनुहोस्