निर्माण व्यवसायी महासंघले प्रत्येक प्रदेशलाई १३ लाख सहयोग गर्ने « Arthapath.com
११ असार २०८२, बुधबार

निर्माण व्यवसायी महासंघले प्रत्येक प्रदेशलाई १३ लाख सहयोग गर्ने



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले प्रत्येक प्रदेश सरकारलाई कोरोना भाईरस कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि रू.१३ लाखका दरले सहयोग रकम जम्मा गरिदिने भएको छ।

निर्माण व्यवसाय विकास परिषद् अन्तर्गत निर्माण व्यवसायी कोषकोबाट खर्च हुने गरि कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सात वटा प्रदेशलाई जम्मा रू।९१ लाख सहयोग गर्ने निर्णय भएको हो । यो सहयोग रकम महासंघ अन्तर्गतका प्रदेश महासंघको समन्वयमा भएको हो ।

साथै यसअघि पनि महासंघले भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केन्द्र सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्