कोरोना रोकथाम तथा नियन्त्रणमा खटाइएका कर्मचारीलाई १० लाखको बीमा « Arthapath.com
३० चैत्र २०७६, आईतवार

कोरोना रोकथाम तथा नियन्त्रणमा खटाइएका कर्मचारीलाई १० लाखको बीमा



काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारीको कोरोनाका कारण मृत्यु भएमा परिवारको नजिकको सदस्यले पाउने गरी १० लाखको बीमा गर्ने निर्णय गरेको छ। आश्रित परिवारका सदस्यलाई सजिलो होस् भनेर यस्तो निर्णय भएको गाउँपालिकाका प्रवक्ता अक्कलबहादुर रानाले बताए।

कार्यपालिका बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ५० लाखको राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ। सो कोषमा गाउँपालिका अन्तर्गतका कर्मचारीहरुको १० दिनको तलब कट्टा गरी जम्मा गर्ने, लकडाउन अवधिभर जनप्रतिनिधिले पाउने सेवा सुविधा सबै सो कोषमा राख्ने निर्णय समेत भएको प्रवक्ता रानाले बताए।

यसैगरी स्वास्थ्यकर्मीहरुलाई शतप्रतिशत थप भत्ता दिने, सहयोगी भूमिकामा रहेर काम गर्ने कर्मचारीहरुलाई २५ प्रतिशत थप भत्ता दिने निर्णय पनि भएको छ। पुर्चौंडी नगरपालिकाले लकडाउनका कारण छाक टार्न मुस्किल भएका परिवारलाई राहत वितरण कार्य शुरु गरेको छ। प्रति परिवार दुई हजारको राहत वितरण गर्ने कार्य प्रत्येक वडामा सञ्चालन भएको नगरपालिकाका प्रवक्ता दलबहादुर धामीले बताए। रासस


प्रतिक्रिया दिनुहोस्