एनसेलले बुझायो १४ अर्व ३३ करोड लाभकर, सीम पुन प्रयोग गर्ने युवाहरुको प्रतिवद्धता « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

एनसेलले बुझायो १४ अर्व ३३ करोड लाभकर, सीम पुन प्रयोग गर्ने युवाहरुको प्रतिवद्धता



काठमाडौँ । सरकारलाई लाभकर बुझाउनुपर्ने एनसेलले सबै कर बुझाएको छ । लामो समयदेखी एनसेलले आफूले बुझाउनुपर्ने कर सरकारलाई बुझाएको थिएन । आईतवार एनसेलले बुझाउनुपर्ने १४ अर्व ३३ करोड सरकारलाई कर बझाएको हो । एनसेलले बसझाउनुपर्ने कर नबुझाँउदा ग्राहकहरुले एनसेल सिम नै प्रयोग गर्न छोडेका थिए । नेपाल कम्न्यूष्ट पार्टी (विप्लव)ले कर नबुझाएको भन्दै देशभरिका विभिन्न टावरमा आगजनी र विष्फोट गर्दै आएको थियो । सरकारलाई कर बुझाएपछि विप्लवले अन्य कम्पनीलाई कर बसझाउन माग गरेको छ ।

एनसेलले यसअघि ९ अर्ब १० करोड रुपैयाँ पुँजीगत लाभकर तिरेको थियो भने दोस्रो थप १४ अर्ब ३३ करोड रुपैयाँ तिरेको हो । एनसेलले लाभकर र जरिवानासमेत गरी २४ अर्ब ४३ करोड रुपैयाँ चुक्ता गरेको ठूला करदाता कार्यालयले जनाएको छ । सर्वोच्च अदालतको भदौ ९ गते एनसेलले २१ अर्ब १० करोड लाभकर तिर्ने गरी फैसला गरेको थियो । लामो समयदेखी एनसेलले कर नबुझाउँदा एनसेलको सीम प्रयोग गर्न छोडेको र कर तिरेपछि एनसेलको सीम प्रयोग गर्ने युवा प्रताप खड्काले बताए । उनले भने “एनसेलले कर नतिरेको भन्दै सीम प्रयोग गर्न छोडेको थिए, अव कर तिरेपछि पुन प्रयोग गर्ने छु, आगामी दिनमा सरकारलाई तिर्नुपर्ने कर निरन्तर तिर्न आग्रह पनि गर्दुछु ।”


प्रतिक्रिया दिनुहोस्