बागमती प्रदेश सरकारलाई १०० थान पीपीइ « Arthapath.com
३० चैत्र २०७६, आईतवार

बागमती प्रदेश सरकारलाई १०० थान पीपीइ



हेटो‍डा । एनएमबी बैंक लिमिटेडले बागमती प्रदेश सरकारलाई १०० थान पीपीई हस्तान्तरण गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई बैंकले शुक्रबार हस्तान्तरण गरेको हो ।

बैंकका बागमती प्रदेश कार्यलयका प्रमुख दुर्गाराम पुरी र हेटौंडा शाखा प्रमुख गोकर्णबहादुर कार्कीले मुख्यमन्त्री पौडेललाई पीपीई हस्तान्तरण गरेका हुन् ।

यसैगरी पीपीई सेट सङ्गै एन ९५ मास्क १०० थान र १०० एम एल बोतलका १०० थान सेनेटाईजर पनि हस्तान्तरण गरिएको हो । सातवटै प्रदेशलाई १००र१००थान पीपीई र कोरोना भाईरस नियन्त्रणको केन्द्रिय कोषमा १ करोड ५१ लाख हस्तान्तरण गरिएको प्रदेश कार्यालयका प्रमुख पुरीले जानकारी दिनुभयो । कोरोनाबाट सुरक्षीत भएर काम गर्न स्वास्थ्यकर्मीलाई यसले सहयोग पुग्ने पुरीले बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले प्राप्त भएका पीपीईहरु शुक्रबार नै स्वास्थ्य तथा आपूर्ति ब्यबस्था कार्यालयमा पठाइएको जानकारी दिनुभयो । कार्यलयमार्फत एकद्वार प्रणालीअनुसार नै सो पीपीई आबश्यकता अनुसार अस्पतालहरुमा पठाईने बताउनुभयो । अप्ठ्यारो समयमा सहयोग गरिएको प्रति मुख्यमन्त्री पौडेलले धन्यवाद व्यक्त गर्नुभयो ।

शुक्रबार नै प्रदेश सरकारले स्थापना गरेको बागमती प्रदेश कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एशियन लाईफ इन्स्योरेन्स कम्पनी र कृष्ण प्रणामी सेवा समिति मकवानपुरले सहयोग गरेका छ्न ।

एसियन लाईफ इन्स्योरेन्स कम्पनीका हेटौंडा शाखा प्रमुख सन्जय रेग्मीले ५ लाख र कृष्ण प्रणामी सेवा समितिका अध्यक्ष अर्जुन प्रसाद वाग्ले र उपाध्यक्ष श्रीराम खतिवडाले १ लाख ५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्