नेपाल लाईफ ईन्स्योरेन्सको कोरोना विरुद्ध ५१ लाख सहयोग « Arthapath.com
३० चैत्र २०७६, आईतवार

नेपाल लाईफ ईन्स्योरेन्सको कोरोना विरुद्ध ५१ लाख सहयोग



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु.५१ लाख (रु. एकाउन्न लाख) प्रदान गरेको छ । संचालक समितिका अध्यक्ष
प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई उक्त रकम वरावरको चेक प्रदान गर्नु भएको हो ।

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष एवं कम्पनीको संचालक समितिको सदस्य भवानी राणा, कम्पनीको प्रमुख कार्यकारी अधिकृत भरत वस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको पनि उपस्थिति थियो ।

कम्पनीले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको छ र यसवाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने कम्पनीको विश्वास छ । यस विषम परिस्थितिमा लकडाउनको पूर्ण पालना गरी सुरक्षित रहन कम्पनी सबैमा हार्दिक अनुरोध गर्दछ ।


प्रतिक्रिया दिनुहोस्