सन् नेपाल लाइफ इन्स्योरेन्सद्धारा कोरोनाविरुद्ध ३० लाख १ हजार रुपैया सहयोग « Arthapath.com
३० चैत्र २०७६, आईतवार

सन् नेपाल लाइफ इन्स्योरेन्सद्धारा कोरोनाविरुद्ध ३० लाख १ हजार रुपैया सहयोग



काठमाडौं । नेपाल सरकारबाट स्थापित र कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समग्र कर्मचारीहरुबाट रु. १९ लाख १ हजार एवं कम्पनीको तर्फबाट रु. ११ लाख गरि जम्मा ३० लाख १ हजार रुपैया सहयोग राशी योगदान गरेको छ ।

उक्त रकम सन नेपाल लाईफ इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतम तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालबाट कोषका प्रमुख राजेन्द्र पौडललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद सिंहदरवारमा ३० गते हस्तान्तरण गरेका छन ।

यसवाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने कम्पनीको विश्वास छ । यस विषम परिस्थितिमा लकडाउनको पूर्ण पालना गरी सुरक्षित रहनकम्पनी सबैमा हार्दिक अनुरोध गर्दछ ।


प्रतिक्रिया दिनुहोस्