लकडाउनमा विद्युत वितरण केन्द्र टाँडीद्धारा इ–सेवाबाट भुक्तान गर्न सकिने « Arthapath.com
१ बैशाख २०७७, सोमबार

लकडाउनमा विद्युत वितरण केन्द्र टाँडीद्धारा इ–सेवाबाट भुक्तान गर्न सकिने



हेटौँडा । विद्युत वितरण केन्द्र टाँडीले लकडाउनको समयमा पनि विद्युत आपूर्तिलाई नियमित एंव प्रभावकारी बनाउन २४ घण्टै प्राविधिकसहित कर्मचारी खटाइएको केन्द्रका प्रमुख चुटनकुमार श्रीवास्तवले जानकारी दिए ।
उक्त केन्द्रमा करिब ६० हजार विद्युत मिटर वितरण गरिएकाले ग्राहकलाई विद्युत महसुल बसझाउनको लागि इ–सेवा गरिएको उनले जनाए ।

लकडाउनका कारण ग्राहकहरुलाई सास्ती नखेपनु परोस भन्ने उद्धेश्यले भिडियो क्लिप एसएमएस तथा कर्मचारीको मोबाइलबाट विद्युत मिटरको रिडिङ समेत गराउने व्यवस्था गरिएको र त्यस अनुसार काम गरिरहेको प्रमुख श्रीवास्तवले जानकारी दिए । मासिक रु छ करोड विद्युत राजश्व सङ्कलन हुने सो केन्द्र उपभोक्तको फोन मार्फत घरघरमा गएर विद्युत मिटर जडान हुने गरेको बताइएको छ ।

कोराना भाइरसबाट जोगिन कार्यालयभित्र सेनिटाइजर, साबुनपानी तथा मास्कसमेत व्यवस्था गरिएको प्रमुख श्रीवास्तवले बताए ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा सो केन्द्रले विद्युत् चुहावट गर्ने २३४ जनालाई कारवाही गरिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्