खुला सीमाका कारण नेपाल–भारत ओहोरदोहोर बन्द गर्न कठिन « Artha Path
२ बैशाख २०७७, मंगलवार

खुला सीमाका कारण नेपाल–भारत ओहोरदोहोर बन्द गर्न कठिन



काठमाडौँ । खुला सीमाका कारण नेपाल–भारत सिमानामा ओहोरदोहोर बन्द गर्न कठिन भएको छ । सीमाका सम्पूर्ण नाका बन्द भए पनि अनौपचारिक बाटोबाट एक अर्का देशमा ओहोरदोहोर भइरहेका कारण त्यहाँका स्थानीय प्रशासन हैरान छ  ।

नेपाल र भारतले एक अर्का देशका नागरिक जो जहाँ छन्, त्यहीँ राख्ने र त्यसको व्यवस्था त्यही देशको सरकारले गर्ने सहमति भएको छ । दुवै देशका नाकामा कोही रोकिएका छन् भने कोही आ–आफ्नै ठाउँमा रोकिएका छन् तर खुला सीमाका कारण लुकीछिपी एक अर्काको देशमा ओहोरदोहोर भइरहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले खुला सीमाका कारण सीमा क्षेत्रमा आवतजावत नियन्त्रण गर्न अलि कठिन भएको बत९ाउनुभयो । उहाँले भन्नुभयो, ‘‘दुई देशबीच सीमा खुला भएका कारण को आए रु को गए रु त्यसको कुनै तथ्याङ्क हुँदैन, मान्छे पहिचान गर्नमा समस्या भएको छ, यद्यपि सुरक्षा निकायबाट ‘स्क्रिनिङ’ र ‘ट्राफिकिङ’ गर्ने काम भइरहेको छ ।’’

प्रदेश २ को पर्सा जिल्लामा भेटिएका तीन जना कोरोना सङ्क्रमणका कारण सीमा क्षेत्रमा त्रास उत्पन्न भएको छ । सङ्क्रमित तीनै जना भारतीय नागरिक हुन् । गत मार्चमा भारतको दिल्लीमा सम्पन्न तब्लिगी जमात (मुस्लिम समुदायको प्रचारप्रसार गर्ने) कार्यक्रमपछि थुप्रै मुस्लिम नेपाल भित्रिएका कारण सीमा क्षेत्रमा झन् समस्या भएको छ । जमातबाट नेपालका मात्र होइन, विभिन्न देशका मुस्लिम नेपाल छिरेका छन् । उनीहरू नेपालको विभिन्न मदरसा र आफन्तको घरमा लुकीछिपी बसेको पाइएको छ ।

जमातीहरूलाई खोज्ने कार्य तीव्र पारिएको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताउनुभयो । सङ्घीय सरकार र प्रदेश सरकारले जमाती तथा अन्य देशबाट आएकालाई खोज्ने सर्च अभियान नै सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । सशस्त्र प्रहरी, जनपद प्रहरी र अनुसन्धानका गरी तीनै सुरक्षा निकायबाट गस्ती सुरु गरिएको छ । शङ्कास्पद ठाउँमा खोजतलास गर्दै मान्छे फेला पारेर क्वारेन्टाइनमा राख्ने गरिएको बताउँदै उहाँले हालसम्म दुई सय जना जमाती मात्र फेला परेका र उनीहरूलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो ।

पर्साका विभिन्न १२ ठाउँलाई सिलबन्दी गरिएको बताउँदै उहाँले आवश्यक प¥यो भने प्रदेशका अन्य शङ्कास्पद ठाउँलाई सिलबन्दी गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘खुला सीमाका कारण मान्छे पहिचान गर्न अलि समस्या भएको छ । जति गरे पनि नेपाल–भारतको सीमा पूर्ण रूपमा नियन्त्रण गर्न सकिँदैन, बरु आएकाहरूलाई पहिचान गरी क्वारेन्टाइनमा राख्ने काम गर्नुपर्छ ।’’
नेपाल र भारतबीच एक हजार सात सय लामो खुला सीमा छ । जहाँ छवटा प्रमुख नाका र डेढ दर्जनभन्दा बढी साना नाकाहरू छन् । अनेकौँ अनौपचारिक मार्ग छन् । सीमामा खेतबारी पनि पर्छ । गाउँ पनि छन्, जहाँबाट दैनिक रूपमा हजारौँ मान्छेको ओहोरदोहोर भइरहेको हुन्छ । कतिपय व्यापारिक नाकाहरू पनि छन् । जहाँबाट ठूलो राशिको व्यापार भइरहेको हुन्छ ।

भारतको गृह मन्त्रालयले चैत १ गते शनिबार राति एउटा सूचना जारी गर्दै नेपाल र भारतबीचका चारवटा नाकाबाट मात्र आवतजावत हुन दिने जनाएको थियो । त्यसमा रानीगञ्ज ९काँकडभिट्टा०, रक्सौल ९वीरगञ्ज०, सुनौली ९भैरहवा० र बनबासा ९महेन्द्रनगर० नाका पर्दछ ।

नेपालमा बन्दाबन्दी ९लकडाउन० गरिएदेखि अहिले ती नाकाहरू पनि पूरै बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत युवराज कट्टेलले भन्नुभयो, ‘‘चैत ११ गतेदेखि झापा जिल्लासँग जोडिएका नेपाल–भारतको सबै नाका सिल गरिएको छ, कुनै आवतजावत छैन, खुला सीमाका कारण राति राति सुरक्षाकर्मीको आँखा छलेर आवतजावत ग¥यो भने त्यो छुट्टै नत्र पूरै बन्द छ ।’’

जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अघिकारी सूर्यबहादुर खत्रीले पनि खुला सीमाका कारण नेपाल–भारतबाट आउजाउ गर्न अलि गाह्रो भएको बताउनुभयो । नाकाहरू पूरै सिलबन्दी छ तर थुप्रै यस्ता अनौपचारिक मार्ग छन् जहाँबाट लुकीछिपी आउने गरेको उहाँले बताउनुभयो ।

यद्यपि नाकाबाट छिर्न नदिन पूरापूर प्रयास भइरहेको छ, त्यसका लागि सीमा नाकाहरूमा सुरक्षाकर्मी तैनाथ रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘महोत्तरी जिल्लामा एक जना पनि जमाती फेला परेका छैनन्, खोज्नका लागि स्थानीय जनताले सहयोग गर्नुपर्ने तर हालसम्म त्यस्तो सूचना आएको छैन । यद्यपि खोज्ने कार्य जारी छ ।’’गोरखापत्र


प्रतिक्रिया दिनुहोस्