खाद्य सामग्री ढुवानी गरेर फर्केको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु « Arthapath.com
४ बैशाख २०७७, बिहीबार

खाद्य सामग्री ढुवानी गरेर फर्केको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु



डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–२ बगर भन्ने ठाउँमा बुधबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार दुर्घटनामा परी सोही वडाका कैलाश बोगटीको आफ्नै ट्याक्टर पल्टिँदा मृत्यु भएको हो ।

खुल्लेकबाट खाद्य सामग्री पु¥याएर दिपायल आउँदै गरेको से२त ३५४३ नंको उक्त ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु भएका चालकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।रासस


प्रतिक्रिया दिनुहोस्