नविल बैंकका सिईओ अनिल शाह भन्छन् -अहिले सिप बढाएर समयको सदुपयोग गर्नुपर्छ, सुतेर मात्रै हुँदैन « Arthapath.com
४ बैशाख २०७७, बिहीबार

नविल बैंकका सिईओ अनिल शाह भन्छन् -अहिले सिप बढाएर समयको सदुपयोग गर्नुपर्छ, सुतेर मात्रै हुँदैन



अनिल केशरी शाह, सिईओ, नविल बैंक लि.
विश्वभरि फैलिएको कोरोना भाईरसका कारण देश लकडाउन छ । जनतालाई सरकारले घरभित्रै रहन निर्देशन गरेको छ । अत्यआवश्यक सेवाभित्र पर्ने बैंकिङ क्षेत्र सिमित समयका लागि सिमित काउन्टर मात्र खुला छन्। नविल बैंकका सिईओ अनिल केशरी शाह पनि घरबाटै मिटिङ र आवश्यक निर्देशन दिईरहेका छन् । सामाजिक अभियान्तासमेत रहेका शाह जनतालाई घरमै रहन आग्रह गर्छन । मोवाईल बैंकिङको माध्यामबाट अत्यआवश्क सामान खरिद गरी बैंकमा कम आउन शाहको आग्रह छ । नविल बैकका सिईओ शाहसँग कोरोनाले बैंकिङ क्षेत्रमा पारेको प्रभाव र बैंकिस सेवाका बारेमा गरिएको कुराकानीको सारसंक्षेप:

दैनिकी कसरी वितिरहेको छ ?
विहान उठ्यो, एक्ससाईज गर्यो, घरबाटै भिडियो कन्फ्रेन्स मिटिङ गर्यो यसरी नै हो । मिटिङहरु पनि लकडाउन थपिएपछि पहिलेको भन्दा अहिले झन बढि भएजस्तो लागेको छ । भिडियो मिटिङ बढ्नाले धेरै बिजि छुँ । अनि कहिले काँहि अफिस जान्छु । अनि एउटा यूटुव च्यानल खोलेको छुँ । आई क्राप्टर हो च्यानलको नाम । त्यसमा मैले युवाहरुसंग अन्तर्क्रिया गर्थे त्यहि कुराहरुलाई च्यानलमा शेयर गरिरहेको छुँ । यसरी नै समय बितिरहेको छ ।

यो त लामो बसाई भयो, यसमा बैंकर्सहरुले दिन कसरी बिताउँछन् ?
यो विदा होईन । यो सबैले घरबाटै काम गरिहेका छौँ । एक्स्टर्नल कामहरू हामी घरबाटै काम गरिरहेका छौँ । जस्तै नयाँ प्रोडक्टहरुको डिजाईनहरु, पोलीसीहरुको रिभ्यू, नयाँ भूमिकामा कस्तो प्रोडक्ट निर्माण गर्नुपर्छ भन्ने कुराहरु । अनि मिटिङहरु एकपछि अर्को गर्दै समय दिईरहेका छौँ । काम बढि भयो यसलाई फुर्सद नै छैन, कामहरु अहिले भईरहेको छ ।

अनि बैंकको सर्भिस कसरी दिईराख्नु भएको छ ?
बैंकको सर्भिस हामीले सकेसम्म डिजिटल्ली गरौँ भनेर ग्राहाकहरुलाई भनिरहेका छौँ । मोवाईल एप लगायतका उपकरण प्रयोग गरेर गर्न आग्रह गरेका छौँ । जो मोवाईलबाट कारोवार गर्न सक्षम छैनन् उहाँहरुलाई चाँहि सिमित समयको लागि ब्रान्चहरु खोलिरहेका छौँ । उहाँहरुले ब्रान्चमा नै आएर पनि गर्न सक्छन् । बैंक पनि हस्पिटहरु जस्तै एउटा आवश्यक सर्भिस हो । त्यहि भएर कोरोना भाईरसले सबैमा त्रास छ । त्राससंग संगै यसो विचार गर्ने हो भने पुरा नेपालको जनसंख्याको धेरै कम मान्छेहरु मात्र अस्पताल, नर्सिङ होम लगायत हेल्थ पोष्टमा जान्छन होला । तर सबै जनालाई बैंकिङ सेवा चाहिन्छ नै यो वेलामा । त्यो कारणले गर्दा बैंकको जुन सेवा दिईरहेका छौँ । त्यो चाँहि अतिआवश्यक सेवा हो । त्यसैले हामीले पनि सेवा पुर्याईरहेका छौँ ।

डिजिटल त भन्नलाई मात्र सजिलो छ, तर तपाईहरुले ग्राहाकलाई कसरी डिजिटल कारोवार गर्ने भन्नेबारे सिकाउनु भएको छैन नि ?
डिजिटल भनेर यो कोरोना आएपछि मात्र होईन, नविल बैंकले डिजिटल मोवाईल एपको लन्च गरेको करिव १० बर्ष भयो होला । १० बर्षसम्ममा ग्राहाकहरुले अहिलेसम्म डिजिटल सिक्छु भन्ने चाहाना थिएन । ब्रान्च नै जान्छु भन्ने थियो । जस्तै केन्यामा एम पैसा भन्ने सिस्टम छ । एकदम राम्रो चलेको छ । संसारमा नै उत्तम तरिकाले डिजिटल चलिरहेको छ । वल्डमै केन्यामा डिजिटल बैंकिङ राम्रोसंग चलिरहेको छ । तपाईहरुको किन छैन भनेर प्रश्न गर्छन । मैले पनि अलिकति बुझ्नु पर्यो उनीहरुको टेक्नोलोजी राम्रो छकी, जनतामा बुझाई राम्रो होकी भनेर अध्ययन गर्दाखेरी केन्यामा एमपैसा चलेको मेन रिजन टेक्नोलोजी, मान्छे, फोन बुझाई होईन, क्राईम हो । त्यहाँ पैसा बोकेको देखेपछि बन्दुक लिएर लुट्ने रहेछन । त्यहि भएर त्यहाँ पैसा नबोक्ने मोवाईलबाटै पेमेन्ट गर्ने भएकाले एमपैसा चलेको रहेछ । अव नेपालमा जति कोशिस गरेपनि डिजिटलमा ग्राहाक नजाने । अहिले कोरोनाले गर्दा डिजिटलमा जान चाहे पनि नचाहे पनि डिजिटल ट्रान्जेक्सनको मात्रा एकदम बढेको छ । मलाई लाग्छ आउने दिनमा पनि यो क्रम निरन्तर रहने छ ।

डिजिटल ट्रान्जेक्सनको केहि रेकर्ड छ ?
अहिलेसम्म त्यो भएको छैन । फिगर ल्याउनु बाँकी छ । अहिले बिजनेश कसरी चलाउने भन्ने हाम्रो फोकस रहेको छ । राष्ट्र बैंकको रेकर्डिङमा छ । अध्ययन गर्दै छ । एक महिनाजति हो त्यसपछि हामी फिगरहरु पनि निकाल्छौ ।

नविल बैंकको डिजिटलमा ट्रान्जेक्सन चाँहि कतिको बढेको छ ?
पहिलेभन्दा कोरोनाको कारण दोव्वर भन्दा बढिले बढेको छ ।

तपाई त सोसल वर्कर पनि हो, अनि ग्राहाकहरुलाई के भन्नुहुन्छ ?
ग्राहाकलाई मात्र सबैलाई अहिले हामीले हाम्रो परिवार, समाज, देशलाई साच्चिकै मद्यत गर्छु भनेर भन्नुहुन्छ भने घरमा बस्न आग्रह गर्छु । जो घरमा बस्न सक्नुहुन्छ त्यो सहयोगी होईन । हामी एकदम भाग्यमानी भनेर मान्नुपर्छ । कति जना घरमा बस्छु भन्दा पनि हरेक दिन काम गरेर दुई छाक पैसा कमाउनुहुन्थ्यो उहाँहरुको के हालत भएको होला त्यो चाहि विचार गर्नुपर्छ । धेरै टेन्सन नलिनुहोस घरमा आनन्दले बस्न पाईराख्नु भएको छ । र आफ्नो सिप बढाउनुहोस् । अहिले समयको सदुपायेग गर्नुपर्छ । सुतेर मात्रै विताउनुहुँदैन । जव लकडाउन सकिन्छ, कोरोना ईतिहास मात्रै हुन्छ, त्यो वेला मैले यो सिकेर फाईदा गरेको रहेछु भनेर खुशी हुनु परोस् ।

लकडाउन त अझै थपियो, बैकिङ कारोवार लगायत अत्यावश्यक कुराहरुमा दैनिक झन् झन् कष्टकर बन्दै गईरहेको छ ?
हैन्, लकडाउन धेरै गाह्रो भएको भने छोडिदिँउ । १६ जनामा परिक्षण आउँदा हामीहरु थरथर भएका छौँ, भने एक लाख मान्छे काठमाडौंमा पोजेटिभ आयो भने के हुन्छ होला । अन्य विकसित देशहरुमा हेर्नुसक्नुहुन्छ । उपचार विधी एकदमै राम्रो भएरपनि त्यस्तो नाजुक बनिरहेको छ । त्यसैले लकडाउन भयो भनेर हामीलाई कठिनाई भयो भनेर नभनौं । लकडाउन नगर्दाखेरी कठिनाई हुन्छ नी त्यो चाहि यो भन्दा धेरै कठिनाई हुन्छ ।

सरकारले बेलैमा बुद्धि पुर्याएको हो ?
एकदमै । बैलेमा बुद्धि पुर्याएको हो । मान्छेहरु नआत्तिउनभनेर एक, दुई हप्ता गरि लकडाउन थप्दै गएको हो । पहिले नै एक दुई महिना लकडाउन गर्छौं भनेर भनेको भए के हालत हुन्थे ।


प्रतिक्रिया दिनुहोस्