जेठ १५ पछि मात्रै विद्यालय खुल्ने, शैक्षिक क्यालेण्डर पनि प्रभावित, एसईई अनिश्चित « Arthapath.com
४ बैशाख २०७७, बिहीबार

जेठ १५ पछि मात्रै विद्यालय खुल्ने, शैक्षिक क्यालेण्डर पनि प्रभावित, एसईई अनिश्चित



काठमाडौं । नयाँ शैक्षिक शुरु भएपनि कक्षा १ देखि ९ सम्म वार्षिक परीक्षा भएपनि परिक्षाफल भने सार्वजनिक भएका छैनन् । त्यस्तै एसईई परिक्षा पनि अन्श्चित बनेको छ । कोरोनाको त्रासले कहिलेसम्म यो अवस्था आउने हो कसैलाई पनि थाहा छैन । यसको विकल्पका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अहिलेदेखी नै तयारी गरिरहेको छ ।

मन्त्रालयका अनुसार लकडाउन खुलेको एक सातामा रिजल्ट सार्वजनिक गर्न लगाउने छ । यसको तयारीका लागि शिक्षामन्त्री गिरिजामणि पोखरेलले बिहीबार सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भिडियो संवाद गरेका थिए । चैत पहिलो साता नै परिक्षा लिईसकेकाले परिक्षाफल पनि तयारी अवस्थामा रहेको र सार्वजनिक गर्न मात्रै बाँकि रहेको विद्यालयले बताएका छन ।

तर एसईई परिक्षा कहिले गर्ने हो त्यसको निक्र्याैल हुन सकेको छैन । मन्त्रालयले निर्णय गर्न नसक्दा एसईई परिक्षा अनिश्चित बनेको हो । कोरोना भाईरस यदि साम्य हुँदै गयो भने जेठ दोस्रो हप्ता अगाडी विद्यालय नखुल्ने मन्त्रालयले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्