स्वास्थ्य सामग्री लिन ग्वाङ्जाओ उडे निगमका दुई वाइडबडी जहाज « Arthapath.com
४ बैशाख २०७७, बिहीबार

स्वास्थ्य सामग्री लिन ग्वाङ्जाओ उडे निगमका दुई वाइडबडी जहाज



काठमाडौँ । नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० का दुई वाइडबडी ए ३३० जहाज चीनको ग्वाङ्जाओ उडेका छन् ।

ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री लिन निगमका दुवै जहाजले केहीबेरअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ग्वाङ्जाओका लागि उडान भरेको हो ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउन व्यवसायीले निगमका जहाज चार्टर्ड गरेका हुन् । दुई व्यावसायिक समूहले चीनबाट स्वास्थ्य सामग्री ल्याउन लागेको बताइएको छ ।

दुवै जहाज शुक्रबार काठमाडौँ फर्कने निगमले जनाएको छ ।

निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

लकडाउनको अवधिमा निगमका अन्तरराष्ट्रिय उडान सर्वाधिक भएका छन् । यस अवधिमा निगमले सात अन्तरराष्ट्रिय उडान भरेको छ ।

यीमध्ये आजको उडानसहित चार कार्गो र तीन उद्धार उडान हुन् ।

वाइडबडी ए–३३० दुई र न्यारोबडी ए—३२० दुई थान जहाजबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । रासस


प्रतिक्रिया दिनुहोस्