तोकेका स्थानबाट तरकारी बिक्री गर्न मानेनन् व्यापारीले « Arthapath.com
५ बैशाख २०७७, शुक्रबार

तोकेका स्थानबाट तरकारी बिक्री गर्न मानेनन् व्यापारीले



काठमाडौँ । देशकै ठूलो तरकारी बजार कालीमाटीका व्यापारीले न्यूनतम सुविधा नभएको भन्दै अटेर गरेर कालीमाटीमै पुनः तरकारीको कारोबार सुरु गरेका छन् । यसले बजारमा भीडभाड बढेको छ । महानगरपालिकाले कालीमाटीमा भित्रिएको तरकारी थोक व्यापारीमार्फत महानगरले तोकेका बिक्री केन्द्रमा पु¥याउने प्रबन्ध मिलाउन व्यापारीलाई आग्रह ग¥यो तर व्यापारीले भने महानगरको निर्णयलाई निरन्तरता दिएनन् ।

महानगरले तरकारी बिक्रीका अस्थायी बिक्री केन्द्र कलङ्की चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गोङ्गबु चोक, वसुन्धरा चोक, गोपीकृष्ण चोक, लैनचौर, तीनकुने, कोटेश्वर र रत्नपार्कमा व्यवस्था गरेको छ । तीमध्ये कलङ्की, स्वयम्भू र वनस्थली चोकबाट गएको बिहीबारदेखि निरन्तर तरकारी बिक्री भए पनि अन्य स्थानबाट तरकारी बिक्री हुनसकेको छैन ।

सरकारले किनमेलमा सामाजिक दूरी कायम राख्न आग्रह गरे पनि उपभोक्ताले त्यो पालना गरेको देखिँदैन । तरकारी होस् वा अन्य खाद्यान्न वस्तु किनमेलमा भीड लाग्ने गरेको छ । महानगरपालिका र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भने लकडाउन अवधिभर कालीमाटी बजारभित्र तरकारीको कारोबार बन्द गरेर महानगरले व्यवस्था गरेका स्थानमा तरकारी बिक्री गर्न व्यापारीलाई आग्रह गर्दै आएका छन् । व्यापारी पनि आउँदो शनिबारबाट महानगरले तोकेका ठाउँमा तरकारी बिक्रीका लागि तयार भएका छन् ।

नेपाल तरकारी व्यवसायी सङ्घले बिहीबार सूचना निकालेर आउँदो शनिबारबाट सबै थोक बजारमा कोरोना भाइरसको जोखिम हुने र यहाँको भीड नियन्त्रण गर्न नसकिने भएकाले तत्कालका लागि सहयोग गरिदिन व्यापारीलाई आग्रह गरिएको समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।

महानगरपालिकाले व्यवस्था गरेका अस्थायी तरकारी बिक्री स्थल व्यापारीका लागि सहज नभए पनि लकडाउन पालनामा केही हदसम्म सहयोग पुग्ने दाबी महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले दाबी गर्नुभयो ।

लकडाउन अवधिमा उपभोक्तालाई तरकारीको भाउमा परेको असरका विषयमा केन्द्रित भएर सहज गराउनका लागि महानगरले गरेको व्यवस्थाले आमउपभोक्तालाई राहत हुने महानगरका प्रवक्ता डङ्गोलको भनाइ छ । समितिका अनुसार यो साता बजारमा दैनिक औसतमा चार सय मेट्रिक टनको हारहारीमा मात्रै तरकारी भित्रिएको छ ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्