चेम्वर अफ कमर्सका अध्यक्षद्धारा मन्त्री खतिवडालाई २४ वुंदे सुझाव « Arthapath.com
८ बैशाख २०७७, सोमबार

चेम्वर अफ कमर्सका अध्यक्षद्धारा मन्त्री खतिवडालाई २४ वुंदे सुझाव



काठमाडौं । नेपाल चेम्वर अफकमर्सका अध्यक्षश्री राजेशकाजी श्रेष्ठले आज अर्थ तथा संचार मन्त्री डा.युवराज खतिवडा समक्ष कोरोना भाइरस ( कोभिड(१९)बाट अर्थतन्त्रमा परेको प्रभाव सम्वन्धम २४ वुंदे सुझाव प्रस्तुत गर्नु भएको छ ।

उक्त अवसरमा अर्थ तथा संचार मन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रले उपभोग्य वस्तु, औषधी तथा उपकरण सहजतथा सुलभ तवरमा उपलब्ध गरी आपूर्ति व्यवस्थालाइ चुस्त बनाइ जिम्मेवारपूर्ण ढंगले भूमिका निर्वाह गरेकोेमा धन्यबाद दिदै यसलाइ निरन्तरता दिन आग्रह गर्नु भएको छ ।
वैंक तथाबित्तीय संस्थाहरु अहिलेको परिस्थितिमा नाफामूखी हुने होइन । नगद प्रवाहलाइ सजिलो बनाउने, कर्जा लिने ग्राहकलाइ सांवा व्याज तिर्ने म्याद वढाउने तर्फ आवश्यक व्यवस्था गरिने बताउनु भयोे ।

यसबाट चुनौति मात्र नभइ अवसर पनि प्राप्त भएको छ । वाहिरबाट आएका श्रमिकहरुबाट आन्तरिक आर्थिक गतिबिधिमा सम्मिलित हुने भएकोले कृषि क्षेत्र गतिशील हुने र अर्को तर्फ इ–बिजनेश, अनलाइन बिजनेशको प्रचुर प्रयोगले इलोक्ट्रोनिक कारोवार प्रयोग हुने गरेको छ ।
सरकारबाट प्रदानगरिएको राहतप्याकेज बिपन्नवर्गको लागि भएकोले तदनरुप उपयोग गरि दिन आग्रह गर्नु भएको छ ।

अर्थतन्त्रमा कोरोना भाइरसबाट अर्थतन्त्रमा पुगेको क्षति अध्ययनका लागि गठित उच्चस्तरीय कार्यदलमा निजी क्षेत्रलाइपनि समावेश गरी निजहरुको राय सुझावको आधारमा भावी कार्यक्रम तय गरिने बताउनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्