आन्तरिक उडान सुचारु गर्ने तयारीमा सरकार « Arthapath.com
९ बैशाख २०७७, मंगलवार

आन्तरिक उडान सुचारु गर्ने तयारीमा सरकार



काठमाडौं । कोरोना भाईरसले गर्दा हवाई सेवा बन्द भएको छ । आन्तरिक र बाह्य उडान बन्द छन । तर सरकारले आन्तरिक उडान सुचारु गर्ने योजना बनाईरहेको छ । लकडाउनले गर्दा वैशाख १८ गतेसम्म सबै उडान बन्द गरिएका छन ।

देशभित्र कोरोना संक्रमणको अवस्था र छिमेकी देशहरुको अवस्थालाई ध्यानमा राखेर हवाई सेवा सञ्चालन गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले जानकारी दिएको छ । धरासयि बनेको पर्यटन क्षेत्रका लागि सरकारले प्याकेज ल्याउने संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेश भट्टराईले जानकारी दिए । उनले भने “कोरोना संक्रमण रोकिएपछि आन्तरिक पर्यटकमार्फत् पर्यटन क्षेत्र सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने छ ।”

होटल लगायतका क्षेत्रमा कार्यरत जनशक्तिलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको र जनशक्तिलाई हिमाल सरसफाइ, साइनेजिङ, फुट ट्रेल निर्माणमा लगाउने गरि तयारी भईरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्