कोरोना आशंकित दुई नर्समा पीसीआर नेगेटिभ

काठमाडौं । र्यापिड टेस्टमा कोरोना पोजेटिभ आएका दुई नर्समा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएको छ ।
केन्द्रिय कारागारमा कार्यरत दुई नर्सको हिजो दुई पटक गरीएको र्यापिड टेस्टमा पोजेटिभ आए पछि उनीहरुलाई आइसोलेशनमा राखिएको थियो ।
पीसीआर परीक्षणमा नेगेटिभ आएको टेकुस्थिति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए ।