तेस्रो कोरोना संक्रमित धादिङका युवा आज डिस्चार्ज हुँदै « Arthapath.com
१० बैशाख २०७७, बुधबार

तेस्रो कोरोना संक्रमित धादिङका युवा आज डिस्चार्ज हुँदै



काठमाडौं । नेपालका तेस्रो कोरोना संक्रमित आज डिस्चार्ज हुने भएका छन् । उनी धादिङका युवक हुन् । उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज हुन लागेको अस्पतालले जानकारी दिएको छ ।

उनको तेस्रो र चौथो स्वाब परीक्षण नेगेटिभ आए पछि बुधवार डिस्चार्ज गर्न लागिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिए ।

सारजाह एयरपोर्ट हुँदै एयर अरेबियाको उडानबाट काठमाडौं आएका थिए भने चैत ११ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस्