थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो « Arthapath.com
१० बैशाख २०७७, बुधबार

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । धरानमा गरिएको पीसीआर परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको छ ।

कोरोना पोजेटिभ देखिएका व्यकितहरू २४, ६० र ७२ वर्षका पुरुष छन् । कोरोनाका कुल ४५ संक्रमितमध्ये ७ जना निको भएर घर फर्किएका छन् ।

आज कोरोना पुष्टि भएकाहरूलाई अस्पताल ल्याउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्